पाँच रुपैयाँ जरिवाना तिर्न नसक्दा……



वीरगंज । अहिलेको युगमा अदालतद्वारा तोकिएको पाँच रुपैयाँ जरिवाना तिर्न नसक्ने हैसियत भएका मानिसहरु पनि हँुदोरहेछ भनी सुन्दा अचम्म लाग्छ । तर यो सत्य हो । यस्तै घटना बारा जिल्लाको पचनौता नगरपालिकामा घटेको छ । कुरो २०६५ साल माघ २७ गतेको हो ।

पचनौता गाउँपालिका–४ गुलरिया बस्ने ६० वर्षीय नागेन्द्र महरामाथि स्थानीय नवाब ठाकुर लोहारले जिल्ला अदालत पर्सामा जालसाजी मुद्दा हालेपछि अदालतले निज महरालाई पाँच रुपैयाँ दण्डजरिवाना गरेको थियो तर महरा फरार भएकाले उनलाई फरार अभियुक्तको सूचीमा राखी प्रहरीचौकी बेलदारीबाट खटिएको टोलीले घरबाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको अदालतका उपसचिव कौशलेश्वर ज्ञवालीले जानकारी दिए ।

अदालतमा कायम रहेका मुद्दा नं १४३२ अनुसार महरा फरार सूचीमा रहेको देखिएकाले प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अहिले बारा प्रहरीले पाँच रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना लागेका अभियुक्तलाई पक्राउ गर्ने कार्य तीव्र पारेको छ ।

प्रहरीले साउनयता बारा जिल्लामा फरार अभियुक्तको सूचीमा रहेका १८४ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ । पक्राउ परेकाबाट ४९ वर्ष १३८ महिना ३२३ दिन कैद सजायबापत २२ लाख सात हजार ८४४ रुपैयाँ १३ पैसा राजश्व सङ्कलन गरेको प्रहरीले जनाएको छ । प्रहरीले फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेपछि अन्य अभियुक्त आफैँ अदालतमा उपस्थित हुन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफैं ट्याक्टर चलाएर बेहुला बेहुलीको घर पुगेपछि…

राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् ।

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

उडिरहेको जहाजका दुवैजना पाइलट निदाएपछि…

३७ हजार फिटको उचाइमा दुई पाइलट निदाउँदा उनीहरूले धावनमार्ग छुटाएको एउटा उड्डयन सम्बन्धी

बुझ्नुहोस्, संसदबाट पारित भै प्रमाणिकरणको लागि पठाईएको नागरिकता विधेयकलाई राष्ट्रपतिले रोक्न मिल्दैन

जेपी गुप्ता । संविधानतः राष्ट्रपति संविधानका संरक्षक हुन् । । राष्ट्रपतिले मात्र गर्ने