स्वास्थ्य

मिर्गौला किनबेचमा संलग्न भएको आरोपमा निदान अस्पतालका सिइओसहित पाँच जना पक्राउ

काठमाडौं । मिर्गौला किनबेचमा संलग्न भएको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका सिइओसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अस्पतालका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बाका शंकरलाल लामा, सप्तरीका कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आले छन् ।