थप १०९ जनामा कोरोना संक्रमण, १०६ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पीसीआर विधिबाट ४,०७५ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा १८,१८३ रहेका छन् भने आइसोलेसनमा सक्रिय संक्रमितको संख्या ५,३८५ रहेको मन्त्रालयले जनाएको छ । शनिबार थप १०६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १३,०५३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यसैबीच बाराको परवानीपुरकी १७ वर्षीया किशोरीको कोरोना सक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । वीरगंजको गण्डक अस्पतालमा मृत्यु भएकी किशोरीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। शुक्रबार अपराह्न ती किशोरीको निधन भएको थियो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।‍

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुरमा चार जनामा हैजा पुष्टि

काठमाडौँ । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य

बागमती प्रदेश सरकारले क्यान्सरपीडितलाई एक लाख सहयोग गर्ने

  भक्तपुर । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई

डेंगी नियन्त्रणका लागि स्थानीय तह र प्रदेशमा द्रुत प्रतिकार्य टोली परिचालन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेंगीबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने

काठमाडौंमा बुधबारदेखि पोलियो थोपा खुवाइने

काठमाडौँ । काठमाडौंमा बुधबारदेखि पाँच वर्ष उमेरभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाइने भएको