कोरोना संक्रमणबाट वीरगंजमा थप एक जनाको मृत्यु



वीरगंज । कोरोना संक्रमणबाट पर्सामा फेरि थप एक जनाको मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी वीरगन्ज महानगरपालिका– ११ की ८५ वर्षीया महिलाको मृत्यु भएको हो । मुटु रोगी ती महिला हाल निमोनिया भएर अस्पताल आएकी थिइन् । उनको बुधबार कोरोना पोजेटिभ देखिएको थियो ।

उनको आइसियुमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । गत मंगलबार कोरोना अस्पतालमै उपचार गराइरहेका वीरगन्ज– ६ माईस्थानका ७० वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बुटवलमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बुटवल । बुटवलको तिनाउमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

स्थानीयस्तरमा उत्पादित मासले बजार पाएपछि कृषक उत्साहित

दमौली (तनहुँ)। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा उत्पादित मास (दलहन) ले बजार पाएपछि कृषक

आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन

म्याग्दी । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको भवन निर्माण कार्य

सहकारीको ८७अर्ब खै ?

नारायण गाउँले । सहकारीको ८७अर्ब खै ? भन्ने कतै सुन्नुभएको होला ! ८७