विचार

बलात्कारीलाई मृत्युदण्ड

डा. प्रदीप ढकाल । फेरि एउटी बालिकाको बलात्कार भयो । उनको स्वत्व लुटियो । अनि त्यतिमा मात्रै सिमित नभएर अपराधीले जीवन नै लिइदियो । तिनको पीडा, आर्तनाद र चिच्याहट सुन्ने कोही भएन, थिएन – त्यो अपराधी पुरुषमा दया पलाएन ।