देवीको पुजा गर्ने मेरो समाज जहाँ छोरीहरु बलिदान बनिरहेका छन्



शारदा पुरी ।
देवीको पुजा गर्ने मेरो देश जहाँ नारीलाई धुजाधुजा पारेर मारिदै छ । देवी भनेर मूर्तिलाई मात्रपुजा गरिन्छ । विडम्बना त्यही देवीहरु न त गर्भमा नै सुरक्षित छन् त न समाजमा । एकपछि अर्को गर्दै बलात्कार पछिको हत्याका घटना घटिरहेका छन् । यसमा दोष कसको ? छोरी भएर जन्मनु दोष ? कि हाम्रो समाजको दोष हो ? कि त हाम्रो परिवारको दोष हो ?हामीले कस्तो खालको शिक्षा दिइरहेका छौं या त लिइरहेका छौं । कहाँबाट आउँछ बलात्कारी मानसिकता ? हामी हरेक कुरामा परिवर्तन भयौं । आधुकनिकतालाई ग्रहण गरिहेका छौं । तर हाम्रो मानसिकता कहिले परिवर्तन गर्न सकेनौं । हाम्रो समाज कता जाँदैछ ? किन भयानक घटनाहरु बढिरहेका छन् ? यस्तै पश्नहरुले तछाडमछाड गरिरहेका छन् मेरो मनमा धेरै समयदेखि सायद मेरा प्रश्नको जवाफ कसैसँग नहुन सक्छ ।

महिला लुटिन्छन्, बेचिन्छन् अनि मारिन्छन् । छोरी भएर जन्मेकै कारण जुनसुकै बेला जसले पनि मार्न सक्छ अनि लुट्न सक्छ अहिलेको अवस्थाले त्यही भनिरहेको छ । छोरी जन्माउने आमाहरुलाई अर्को पीडा र डर थपिएको छ । छोरीलाई कसैले लुटिदेला अनि मृत्युको शिकार बनाईदेला भनेर । आफ्नै हरुबाट सुरक्षित छैनन् छोरीहरु अरुको विश्वास कसरी गर्नु । स्कुल गएकी छोरी घरमा सकुशल आउछे कि आउँदिन भन्ने डर छ कहिलेसम्म ?

बलात्कारलाई सजिलो भाषामा बुझ्नुपर्दा कुनै पनि पुरुषले कुनैपनि महिलालाई उसको मन्जुरी विना करणी गर्छ भने त्यो जवरजस्ती करणी हो । अर्को बुझुनु पर्ने कुरा १८ बर्ष भन्दा मुनिका बालिकासँग मन्जुरी लिएपनि मन्जुरी नलिएपनि यस्तो दुबै अवस्थामा उनीहरु सँगको करणीलाई जवरजस्ती करणी भनिन्छ । जवरजस्तीकरणीको सजाय उमेको आधारमा तोकिएको छ । तर बलात्कारका घटना वृद्धि हुँदै गएको देखिन्छ ।
मैले शोषण र दुव्र्यवहारबाट प्रभावित झन्डै १७ सय जना दिदीबहिनिसँग काम गरिरहँदा धेरै जना आफ्नै वा नजिकका व्यक्तिबाट दुव्र्यवहारमा परेका भेटिए । आफ्नै भन्नेहरुबाट लुटिएको बालापन छियाछिया भएको मनलाई मलम लगाउने कोसिस त गरियो तर समाजको लाल्छनालाई रोक्न सकिएन । शोषण र दुव्र्यवहारले झन् मनोसामाजिक समस्याहरु बढाउँदै गएको छ । जस्तै डर,त्रास,डिप्रेशन, आत्महत्या र आघात जुन जिन्दगीभरी नविर्सने बनेर बसिरहेका हुन्छन् । मैले काम गर्दाका केही प्रतिनिधि घटनाहरुको बारेमा जोड्न चाहें ।

एकजना १६ वर्षकी किशोरी उनलाई आफ्नै बुवाले सात बर्षको उमेर हुँदादेखि बलात्कार गर्ने गर्दथे । उनले यो कुरा कसैलाई भन्न सकिनन् । कोपिलालाई फुलाउने जिम्मा जसको थियो । उसले नै कोपिलालाई निमोठथ्यो । जब उनी १० बर्षकी भईन् उनले आफ्नो आमासँग बुवाले गर्ने दुव्र्यवहारको बारेमा भनिन् । उनको आमाले यो कुरा सहन सकिनन् । सम्बन्ध विग्रदै गयो । छोरीलाई बलात्कार गरेकै कारण उनले श्रीमानसँग सम्बन्ध विच्छेद गरिन् । एउटी आमालाई त्यो भन्दा ठूलो पीडा अरु के हुन सक्ला ।

अर्को एकजना १५ वर्षकी किशोरी उनको बुवाले दोस्रो विहे पश्चात आफ्नो परिवारमा बस्ने वातावरण थिएन । उनी मामा घरमा बस्थिन् । मामाको छोरा नाताले दाइ पर्नेले कोठामा एकलै सुतेको मौका पारी जवरजस्ती करणी गर्यो । कसैलाई भन्ला भन्ने डरले मुख थुनेर मार्ने योजना बनाएको रहेछ । तर उनी बलतल्ल फुत्केर ज्यान जोगाउन सफल भइन् ।

अर्को घटनाको बारेमा भन्नुपर्दा उनी भर्खर १५ वर्षमा पाईला टेक्दैछिन् । आमाको मृत्यु पश्चात बुवाले अर्को विहे गरे । परिवारमा अभिभावक भएपनि परिवारको जिम्मेवारी लिने कोही भएन । अभाव सँगै हुर्किएको बालापन थियो । उनको घर नजिकैको ६२ वर्षको व्यक्तिले बारम्बार उनलाई फकाएर बलात्कार गर्दथ्यो । उनको परिवारिक अवस्था नाजुक भएकै कारण उक्त व्यक्तिले विभिन्न लोभ देखाएर करणी गर्ने गर्दथ्यो । त्यो कुरा उनले कसैलाई भन्न सकिनन् । उनले आफू गर्भवती भएको कुरा पत्तो पाउन सकिनन् । अहिले उनी भर्खरकी सुत्केरी छिन् । अब उनी र उनको बच्चाको भविष्य माथि ठूलो प्रश्नचिन्ह छ । दोषीले सजाय भोगिरहको छ तर सजाय हुँदैमा सामाजिक लाल्छना, अपहेलाना कम हुँदैन । त्यो समुदायमा गएर बस्ने अवस्था छैन । समाजले सजिलै स्वीकार पनि गर्दैन । उनी अहिले संस्थाको संरक्षणमा छिन् ।

अबको जीवन कसरी अगाडि बढाउने भन्ने कुरा एकदमै ठूलो चुनौतिको रुपमा रहेको छ । बलात्कारको घटनापछि प्रभावितलाई समाजमा स्थापना भएर बाँच्ने कुनै वातावरण छैन । न्याय सँगै थुप्रै पक्षमा काम गर्नु जरुरी छ । हाम्रो समाजमा थुपै्र यस्ता घटना घटिरहेका छन् । कतिपय घटना बाहिर आउँछन् कति आउँदैनन् । भनिरहँदा नराम्रो लाग्ला अहिले पनि हाम्रो समाजका व्यक्तिहरु जति नै शिक्षित भएपनि एउटा सन्तान होस् तर छोरा होस् भन्ने मानसिकताले गहिरो खाडल बनाईरहेको छ । भित्री मनदेखि छोरा चाहिने सोच अझै हटिसकेको छैन । कागजमा हटेको होला तर सोच र व्यवहारमा हटेको छैन ।

बलात्कारी कतैबाट ल्याइएको होइन । तर बलात्कारी मानसिकताले बलात्कारीलाई झन् बढवा दिएको छ । बलात्कार गर्ने हाम्रै समाजका दाजुभाइ, आफन्तहरु हुन् । हाम्रो जीवन जिउने तरिका परिवर्तन भयो । हाम्रो वरिपरिका संरचना परिवर्तन भयो तर हाम्रो मानसिकता कहिले परिवर्तन भएन । दोषीलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ । कानुनले पीडितलाई न्याय दिन्छ अपराधीलाई सजाय तर कानुनले मात्र हाम्रो समाज परिवर्तन गर्न सक्दैन । कानुनले दोषीलाई कार्वाही गर्ने हो । जबसम्म हाम्रो मानसिकता परिवर्तन हुँदैन तवसम्म भयानक घटना घटिरहन्छन् ।

देशमा दिनदिनै बलात्कार बढिरहेको छ । साना साना नानीदेखि बृद्धा आमाहरु बलात्कारको शिकार बनिरहेका छन् । आजभन्दा साढे २ वर्ष अगाडि कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भयो । अहिलेसम्म पनि उनका हत्यारा पत्ता लागेका छैनन् । निर्मलाको हत्यापश्चात धेरै जना नानीहरु हत्याका शिकार भइसकेको देखिन्छ ।

कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्त, बझाङकी १२ वर्षीया सम्झना विक, बैतडीकी १७ वर्षकी भागरथी भट्टसम्म आइपुग्दा ३,३४७ बालिका बलात्कृत भएका छन् भने अपराध लुकाउनलाई १७ जनाको त हत्या नै भएको छ । प्रहरी प्रधान कार्यालयको अनुसार नेपालमा दैनिक सरदर छ देखि सात बालिका र महिला बलात्कारमा पर्ने गरेका छन् भने त्यस मध्ये पनि बालिकाहरु नै धेरै शिकार भएका छन् । यससँगै बलात्कारका घटनालाई इज्जत र प्रतिष्ठासँग जोडेर हेर्ने सामाजिक प्रचलनका कारण प्रहरीसम्म नआइपुग्ने, घटनालाई मिलापत्र गरेर पठाउने, कतिपय घटनाहरु यतिकै सेलाएर जाने हुनाले अपराधीलाई झन् बढावा दिइरहेको देखिन्छ । कहालीलाग्दा बलात्कारका घटना घटे सँगै बलात्कारीलाई सजाय तथा पीडितलाई न्यायको आवाजले चारैतिरबाट सडक तातिरहेका छन् । दिनदिनै बालिका बलात्कृत भएसँगै हत्याका घटनाले कोही पनि चुप लागेर बस्न सकेका छैनन् । कानुनी सुधारमा पनि परिवर्तन हुँदै गएको छ । तर कहिलेसम्म बालिकाहरु एकपछि अर्को गर्दै मारिरहने भन्ने कुरा भयानक बन्दै गएको छ ।

अन्त्यमा एकपछि अर्को घटना हिजो निर्मला, सम्झना, भागरथी भोलि कसको पालो भन्ने डर कहिलेसम्म बस्ने ? समाजमा छोरीहरु सुरक्षित छन् भन्ने आधारहरु के के हुन सक्लान् । अपराधीलाई लुकाउनु भनेको अर्को अपराध गर्नको लागि प्रोत्साहन गर्नु हो कुनै सत्ता शक्तिको प्रयोग गरेर अपराधलाई ढाकछोप नगरौं । आफू माथि भएको शोषण दुव्र्यवहारलाई खुलेर भन्न सक्ने वातावरण बनाऔं । छोरीले छोरी भएको कारण गर्व गरौं । सुरक्षित वातावरणको निर्माण कसरी गर्न हामी सबै जुटौं । कानुनले कानुनको दायरामा ल्याउने हो तर हाम्रो मानसिकता परिवर्तन गर्ने हामी आफैंले हो । भोलि जो कोहीको छोरा बलात्कारी बन्न सक्छ अनि जो कोहीको छोरी बलात्कारको शिकार बन्न सक्छन् । समाज बनाउने, सुरक्षित वातावरणको सिर्जन गर्ने भनेको हामी समाजमा भएको सबैको जिम्मेवारी हो । अपराधीलाई कानुनी सजाय सँगै अपराधी मानसिकता आउन नदिनको लागि सबै जुटौँ ।

पुरी छोरी संस्थाकी परियोजना संयोजक
हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार