विचार

सरकारका नाइकेहरुलाई मेरो आग्रह छ: डा. केसीलाई केही भइहालेछ भने तपाइँको भलो होला र ?

डा. सरोज धिताल । अब भने चुप लाग्न सकिएन । मौनव्रतबाट एकछिन अलग्गिनै पर्यो । केही महिना यता म सामाजिक सञ्जालबाट पर बसेको छु । अत्यावश्यक काम वा नितान्त व्यक्तिगत संवादका निम्ति बाहेक मेसेन्जर, भाइबर आदि समेत धेरै चलाउँदिन ।