दल कस्तो संगठनलाई मान्ने भन्ने परिभाषा हुनुपर्छ अब



भरत दाहाल ।
आयातित नक्कली लोकतन्त्रको कुरुप चेहरा यहाँ मात्र होइन, अमेरिकामा पनि दैनिक दर्जनौं मानिसहरुको हत्याका रुपमा छरपष्ट भैरहेको छ । देशमा लोकतन्त्र नामको फोहोरको डुंगुरको विभत्स स्वरुप स्पष्ट हुँदै गएको छ । यीनीहरु बाह्य शक्तिहरुको औंलाले धकेल्ने चेसका प्यादा भन्दा बढी केही होइनन् भन्ने यथार्थता आत्मसात गर्न यो अवस्था भन्दा बढी केही हेर्नु पर्दैन ।

हामी को हौं र हाम्रो मौलिकता के हो भन्ने बहसमा फर्कौं ! दल कस्तो संगठनलाई मान्ने भन्ने परिभाषा हुनुपर्छ अब। अब दलमा आबद्ध भएका व्यक्तिहरुलाई राज्यको सेवासुविधा पाउने ठाउँमा बस्न निषेध गर्ने व्यवस्थाका लागि जनमत बनाउर्नु पर्छ। शासन सम्बन्धित विज्ञहरुको हुनुपर्छ नकि विदेशी दूतावास, विदेशी गैससहरु र नेताको चम्चागिरी गर्दै आएका झोलेहरुको ।

यो माफियाहरुको चुनाव प्रणाली हो। सर्वसाधारण मानिस चुनाव लड्न सक्ने वातावरण बनाउनका लागि चुनावमा गरिने निजी खर्चमाथि प्रतिबन्ध लगाएर सरकारी खर्चमा चुनाव गर्ने व्यवस्था गर्नुपर्दछ । संसदीयतन्त्रको अवसानका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र गाउँ तथा नगर तहका स्थानीय निकायहरुको पूर्ण स्वशासनको व्यवस्था गर्न जरुरी भैसकेको छ।

हाम्रो विकास र समृद्धि भनेको हामीसँगै भएका श्रोत..साधन, पूँजी र मानवीय शक्तिको व्यवस्थापन हो । विकासका नाममा विदेशी माल बजार विस्तारमा लगानी गर्ने षड्यन्त्रको विरुद्धमा उठौं र कृषि, वनजंगल, वागवानी, पशुपंक्षि, पानी, खानी र पर्यटन सम्बन्धी श्रोतहरुको औद्योगिकरणका लागि त्यसै अनुसारको शिक्षा, प्रविधि र तालिमको व्यवस्थाका लागि आवाज उठाऔं !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले लिए अनुमति

  काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय

सुनिल पौडेललाई ९ वर्षको कैद र २३ करोड २६ लाख जरिवानाको फैसला

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्षको कैद सजाय