किन यति पानीमरूवा हुनुभयो प्रचण्डजी ?



केशवप्रसाद भट्टराई ।
१. सर्वोच्चको पछिल्लो फैसलाले एमालेको ठूलो पङ्क्तिले दशा टरेको,
रोग पन्सिएको,
क्यान्सरबाट मुक्ति पाइएको जस्तो अनुभव गरेको देखियो ।
कसैले कब्जा गरेको आफ्नो घर खेत फिर्ता पाएको जस्तो अनुभव गर्यो ।
मेची महाकालीमा उनीहरूको अपार खुशी र प्रशन्नता छचल्किएको, पोखिएको देखियो ।
उनीहरूको अनुहारमा त्यसको चमक पनि थियो ।

२. तर माओवादीहरू ठ्याम्मै विपरित अवस्थामा देखिए ।
रुञ्चे अनुहार लगाएर ,
निचोरिएको, सोहोरिएको अनुहार देखाएर,
आक्रोशित र उत्तेजित भएर
रोएर ,कराएर , बिलौना गरेर बसेका छन् !
घर खेत सवै बाढी र पहिरोमा परे जस्तो ,
परिवार गुमाए जस्तो ।
अनाथ र टुहुरो भए जस्तो !
घरबाट निकालिएर सडकमा पुगे जस्तो !
सर्वस्वहरण भए जस्तो !

३. छुट्टै बस्न पाएकोमा अर्को पक्ष खुशी छ , दङ्गदास छ,
तर माओवादीहरू उनीहरूसँगै बस्न पाउँ ,
दया–कृपा गरेर हामीलाई फेरी एकै ठाउँमा बस्ने,
यौटै घरमा , एकै ओछ्यानमा बस्ने पारिदेऊ ,
हामी त बाँच्ने नसक्ने भयौँ भने जस्तो गरेर फेरि अदालतमा निवेदन गर्न जाने रे ।
जबकी अर्को पक्ष सँगै बस्न सिकसिको मानिरहेको छ ।
लुतो मानिरहेको , रोग मानिरहेको देखिन्छ ।
तपाइँहरूबाट अलग हुन पाउँदा त्यति खुशी , त्यति प्रसन्न देखिने समूहसँग फेरी सँगै बस्न त्यत्रो रहर तपाइँहरूलाई ?
यही हो तपाइँहरूको व्यक्तिगत र राजनीतिक स्वाभिमान ?
यही हो नेपाली जनतामा तपाइँहरूले दिने नैतिकता, स्वाभिमान र विश्वासको शिक्षा ?
नैतिकता, स्वाभिमान र विश्वासको मानदण्ड ?
अलिकता त आत्मविश्वास प्रदर्शन गर्नोस !
राजनीतिकरूपमा तपाइँहरू यति कमजोरी, निरीहता , लाचारी र कायरता प्रदर्शन गर्नुहोला भनेर त कल्पना गरिएको थिएन ।
१२ बुँदेका रचयिता वाह्यशक्तिहरू , काङ्ग्रेस र एमालेको बल र भर नपाए त तपाइँहरू बाच्न नसक्ने हो ?
आफ्नै हुतीले , आफ्नै राजनीतिक मान्यता बोकेर आफ्नै सांगठानिक क्षमताको बलमा नेपालको राजनीतिक भूमिमा उभिने हिम्मत हारेकै हो !
एमालेको बुई बिना बाँच्न नसक्ने हो ?

४. सँगै बस्ने इच्छा नगर्नेसँग सँगै बस्न पाउँ भनेर अनुनय विनय गर्न अदालत धाउनु अधिकारको लडाई होइन,
किन कि तपाइँहरूको कुनै अधिकार खोसिएको छैन !
सत्ता र शक्तिको बलमा अर्काको सम्पत्ति खोसेर अन्यायपूर्वक त्यसलाई भोग चलन गरेर बस्नु भएको थियो,
त्यसलाई छोड्नोस , आफ्नै आफ्नै घरमा बस्न जानोस् ,
फेरि सँगै बस्नु छ भने सहमतिमा छुट्टै घर बनाएर बस्नोस भनेको त हो नी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी फिर्ता ल्याइयो अमेरिका पुर्याइएका पुरातात्विक महत्वका २४ वटा मूर्ति

वासिङ्टन, डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ : राष्ट्रपति

काठाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा

सरकार प्रेस स्वतन्त्रतालाई संरक्षण र कार्यान्वयन गर्न प्रतिबद्ध : सञ्चारमन्त्री

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र

सहकारीको रकम अपचलनको आरोप लागेका आफ्ना सांसदमाथि निष्पक्ष छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारीको रकम अपचलन आरोप लागेकी आफ्ना सांसद गीता