‘समृद्ध नेपाल, सुखी नेपाली’ हुने मार्ग नै कृषि क्रान्ति हो



पृथ्वी भुजेल ।

क्रान्ति भन्नाले पुरानोलाई नयाँले विस्थापित गर्नुलाई जनाउँदछ । खास गरी क्रान्ति शब्दको प्रयोग राजनीतिक सामाजिक व्यवस्थामा हुने परिवर्तनलाई सङ्केत गर्दछ । कुनै पनि कुरामा हुने आमूल परिवर्तन वा मूलभूत कुरामा हुने परिवर्तनलाई क्रान्ति भनिन्छ ।

यसकारण कृषि क्षेत्रमा हुने आमूल परिवर्तनलाई कृषि क्रान्ति भनिन्छ । हाल कृषिमा आत्मनिर्भर हुने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन पनि कृषि क्रान्तिको एक स्वरूप नै हो । कृषि क्रान्तिले कृषिजन्य बस्तुको उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुने, कृषिमा व्यवसायीकरण, आधुनिकीकरण, औद्योगीकरण, विविधीकरण हुने, रोजगारमा उल्लेख्य वृद्धिभई आय आर्जनमा वृद्धि हुने, कृषिमा आधारित उद्योगहरू सञ्चालन हुने, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुताको ग्यारेन्टी भएको अवस्थालाई जनाउँदछ । कृषि क्षेत्र सबैभन्दा धेरै रोजगारी सृजना तथा प्रदान गर्ने क्षेत्र हो । नेपालमा रोजगारी पाएका प्रत्येक पाँच जना व्यक्ति मध्ये एक जना कृषिमा नै रोजगार रहेका छन् । बेरोजगार व्यक्तिहरूलाई भूमि बैङ्क मार्फत बाँझो रहेको खेती योग्य जमिनमा कृषि कार्यका लागि सहज पहुँच पुर्याई बाँझो रहेको जग्गामा व्यावसायिक खेती गर्न प्रोत्साहन गरी कृषिको आधुनिकीकरण, व्यवसायीकरण, विविधीकरण र औद्योगिकीकरण गरी कृषि उत्पादन, उत्पादकत्व तथा कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु पर्दछ । बेरोजगार व्यक्तिहरूलाई कृषि सहकारी वा कृषक समूहको माध्यमबाट कृषि पकेट क्षेत्रहरूको विकास गरी कृषि पेशालाई सम्मानजनक, मर्यादित र प्रतिष्ठित बनाई कृषि क्षेत्रमा थप रोजगारीका अवसरहरू सृजना गरी कृषिमा आत्मनिर्भर हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत सहयोग पुग्ने देखिन्छ ।

कृषि पेसामा सफलता कुनै संयोगले हुने कुरा होइन। यो त एउटा योजना, लगन, धैर्यता, निरन्तर मिहिनेत र बजारमुखी कृषि व्यवसायको परिणाम हो । आफुलाई पुग्ने अर्थात निर्वाहमुखि कृषि पद्धतिले गर्दा हामी र हाम्रो कृषि पेसा नाफामुलक बन्न सकेको छैन । जस्ले गर्दा हाम्रा किसानहरू आफ्नै पेट भोर्न सकेका छैनन् । कृषि प्रधान देशमा खेतीपाति गर्ने किसानहरु भोकभोकै बस्नुपर्ने कुरा अत्यान्तै दुखत पक्ष हो। निर्वाहमुखी वा गुजारामुखी कृषि पद्धतिलाई परिवर्तन गरी कृषि व्यवसाय वा कृषि उद्यमी बनाउनु सबैभन्दा ठुलो चुनौती हो । एउटा सफल कृषक बन्नाका लागी एउटा योजना, लगन, धैर्यता, निरन्तर मिहिनेत र बजारमुखी कृषि व्यवसायको तिव्र इक्षाशक्ति हुनु आवश्यक छ। कृषि पेसामा लागेका किसानहरु आफ्नो खेतिपातीमा र उक्त उत्पादित खेतीपातीलाई बेच्नको लागी बजारमुखी हुनु अत्यन्तै आवस्यक छ ।

एक जना साधरण किसान कृषि पेसामा सफलता प्राप्तिको लागी आफुमा गर्नुपर्ने परिवर्तन यस्ता हुन सक्दछन। कृषि पेसामा सफलता प्राप्त गर्नको लागी इच्छा भएर मात्र हुँदैन । म गर्न सक्छु भन्ने दृढता पनि हुनु जरूरी छ। कुनै व्यक्तिले आफुलाई मन परेको क्षत्रमा काम गर्दैछ भने लगाव अनि निरन्तरता दिन सक्नुपर्छ जस्ले गर्दा अझ बढी उत्पादन गर्न मद्दत गर्दछ । एउटा भनाई छ “यदि तपाई आफैमा विश्वास छैन भने अरू कस्ले तपाइलाई विश्वास गर्ला।” कृषि पेसा गर्न चाहनेहरूले अनुभवी कृषकहरूको सल्लाह लिन जरुरी हुन्छ तर आफ्नो आत्मविश्वासलाई कमि पनि हुन दिनु हुँदैन । आफु प्रति विस्वास नभई अरूले भनेको कुरालाई सहि मानेर अगाडी बढ्दा घाटामा जाने सम्भावना धेरै हुन्छ । आफु सफल हुन्छु र म गर्न सक्छु भन्ने पूर्ण बिश्वासका साथ आफ्नो कामलाई निरन्तरता दियो भने मात्र सफल बन्न सकिन्छ । आफ्नो क्षमता प्रति विश्वास गर्नु र आत्मविश्वासका साथ काम गर्नुलेनै सफल कृषक बन्नका लागी आबस्यक हुन्छ , निरन्तरता र धैर्यता: कुनै पनी कार्यमा सफल हुनका लागी कर्म गर्दा योजनाबद्दरूपमा गर्नु पर्छ । सफल कृषकले के उत्पादन गर्ने, कहिले उत्पादन गर्ने, आफुले गर्न लागेको काम पुरा गर्न के-के गर्ने भन्ने कुराहरू पहिलेनै लक्ष निर्धारण गरि कार्य गर्नु पर्दछ । कार्य गर्दा सानोतिनो समस्या वा बादलाबले आतिने हुनुहुदैन, सुरूमा घाटामा गएपनि आफु सग्दो प्रयास गरी धैर्य गरेमा सफल बन्न सकिन्छ ।

कुनै पनि समस्या आइपरेमा धैर्य गरी राम्रो संग समधान गर्न सक्ने हुनुपर्छ । छिटै नाफा खोज्ने अनि घाटा भयो भन्दैमा निरास हुनेहुनु कृषि क्षेत्रमा अगाडि बढिरहेका कृषकहरुमा काम गर्ने क्रममा विभिन्न समस्याहरु आइपर्छन र ति समस्याहरु समधानका लागी कृषकले उचित समयमा उचित प्रकारको निर्णय गर्नु पर्ने हुन्छ । यसरी निर्णय गर्दा खास समस्या के हो, त्यो समस्याको कारणहरु के के हुन र समस्याका समधान कुन-कुन तरिकाबाट गर्न सकिन्छ भनेर बिभिन्न बैकल्पिक उपायहरु खोजी गर्नुपर्दछ । कृषि पेसालाई दिगो रूपमा नाफामुलक बनाउन आफ्नो व्यवसायको समुचित प्रबन्धक गर्न नितान्त आवश्यक कुरा हो। कृषि पेसामा खरिद तथा बिक्री साथसाथै चल्छन्। आफ्नो उत्पादन बढाउनको लागी सामानहरूको खरिद गर्नु पर्ने हुन्छ, यस्को लागी उक्त सामानहरू कहिले? कहाँबाट? र कसरि किन्ने भन्ने कुरा समयमा नै निर्णय गर्नुपर्ने हुन्छ र आफ्नो उत्पादनलाई बडारमा बेच्नुपर्ने हुन्छ, त्यसकारण कहिले, कहाँ, कसद्बारा बिक्री वितरण गरेर धेरै आम्दानी लिन सकिन्छ भन्ने कुरा उत्पादकले समयमा नै सोच्नुपर्ने हुन्छ ।

खासगरी पैसाको सहि सदुपयोग गर्नु पर्छ, त्यसका साथसाथै मेसेनरी सामान, कर्मचारी, ग्राहक आदि सबै कुराहरूलाई सहि ठाउँमा, सहि समयमा, सहि तरिकाले राम्रो संग व्यवस्थापन गर्न सक्ने हुनुपर्छ ।अन्त्यमा, कृषि उत्पादनका साधनहरू भूमि, श्रम, पुँजी र प्रबन्धलाई उचित प्रयोगद्वारा धेरैभन्दा धेरै उत्पादन कसरी गर्ने र त्यसबाट धेरै फाइदा कसरी कमाउने भन्ने कुरा किसानले जान्नुपर्ने हुन्छ । किसानले उत्पादनका साधनहरूलाई आपसमा कुन स्तरमा मिलाउने ? अथवा साधनहरूलाई कुन अनुपातमा राख्ने ? उत्पादनका कस्ता प्रविधि अपनाउने ? उत्पादनलाई कसरी बेच्ने संक्षेपमा उत्पादन र वितरणका सबै साधनलाई कुशलताका साथ प्रयोग गरेर धेरैभन्दा धेरै नाफा कमाउनुपर्छ ।

खर्चमा धेरै उत्पादन गर्ने आर्थिक सिद्धान्तहरूको ज्ञानविना एउटा साधारण किसान परिवर्तन भएर कृषिमा सफलता प्राप्त गर्न सक्दैन ।कृषि क्रान्तिको आवश्यकता महत्त्व र औचित्य आज पनि त्यति नै सान्दर्भिक रहेकोले नेपाल सरकारले लिएको नारा”समृद्ध नेपाल, सुखी नेपाली”हुने मार्ग कृषि क्रान्ति नै हो यसैमा हामी सबै नेपालीको कल्याण छ । कृषि उत्पादन, कृषि व्यवसाय र कृषिको लागि आवश्यक पर्ने पूर्वाधार विकासको लागि नयाँ सोच र नयाँ आयामलाई कृषिसँग जोड्न सकेमा कृषि क्रान्ति हामीबाट धेरै टाढा छैन यसको लागि हामीमा सकारात्मक सोचको पनि त्यतिकै खाँचो रहेको छ ।

लेखक कृषि क्रान्ति अभियान नेपालका केन्द्रीय उपाध्यक्ष एवं कृषि प्राविधिक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले लिए अनुमति

  काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय

सुनिल पौडेललाई ९ वर्षको कैद र २३ करोड २६ लाख जरिवानाको फैसला

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्षको कैद सजाय