‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’



काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू निर्दाेष रहेको र आफूलाई फसाइएको जिकिर गरेका छन् । मंगलबार राति सामाजिक संजालमार्फत लामिछानेले आफू यस घटनामा निर्दोष रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकारमा राखी रहें अनि प्रतीक्षामा पल पल बाँचिरहें । मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें । कानून व्ययवसायीले भन्नु हुन्छ तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ, न तथ्यले न प्रमाणले न अनुसन्धानको कुनै सारभूत निचोड ले पुष्टि गर्छ। तर मैले कति सहनु ?’
यस्तो छ लामिछानेको स्टाटस

धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकारमा राखी रहें अनि प्रतीक्षामा पल पल बाँचिरहें । मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें । कानून व्ययवसायीले भन्नु हुन्छ तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ, न तथ्यले न प्रमाणले न अनुसन्धानको कुनै सारभूत निचोड ले पुष्टि गर्छ। तर मैले कति सहनु ? म न्याय माग्दा माग्दा सिथिल भइसकें । सामाजिक संस्था र सामाजिक संजालमा अनि झुटका न्यायका लागि लड्ने एकथरी गज्जबका आमा, दिदीहरु रहेछन् अनि केही प्रभाव पार्ने पत्रपत्रिका। ति तथाकथित र भनौंदा सामाजिक अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो उहाँहरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको, तथ्य र प्रमाणले अझै साबित गर्नुहोस्, यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् ।

मलाई ८ बर्ष ले पुग्दै पुग्दैन । तपाईंहरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाँले बुझेको छ । म कानुनले होइन अनुमान र एकतर्फी भनाइले दोषी भएको छु त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसारको लागि गम्भीर दुर्घटना हुनेछ, लेखीराख्नु भगवानले हेरिरहेका छन् व्यक्ति भन्दा माथि । ति तथाकथित महिला सामाजिक अभियन्ता भन्नेहरु यति स्वार्थी र अपराधी रहेछन् कि जो बास्तबिक पीडितहरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको ।

धिक्कार छ ति तथाकथित अभियन्ताहरु जसले एउटा खोल ओढेर अर्को व्यवसाय गर्छन् । मैले यति लेखिरहँदा अब केहीले मलाई पीडितको नाटकीय त्रूप फाल्यो भनेर लेख्लान् । तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सदबुद्धि आउला । म सानैदेखि धर्ममा विश्वास गर्ने व्यक्ति हुँ । जो जो यो बनावटी अभियोगको अभियानमा खटिरहनु भएको छ, कानुनले नहोला धर्मको अग्निपरीक्षामा तपाईंहरुले आफ्नो कर्मको फल भोग्नु हुनेछ । यो किन भन्दै छु भने म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो।

बास्तबिक अनुहार आफैं निस्केला म चाहिँ विश्वस्त छु । अन्तमा म निर्दोष छु र मेरो निर्दोशितामा विश्वास र सहानुभूति राख्नेहरुसँग म जीवन भर ऋणी रहने छु। फेरि पनि मेरो यो खुल्ला चुनौती हो ति तथाकथित अभियन्ताहरुलाई, सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस् मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको होस् । यदि म दोषी देखिन्छु भने मलाई फाँसी होस् मेरो लागि ८ बर्षले पुग्दैन फाँसी नै सही हुनेछ। म त फसे, बोलेकै भरमा अब अरु कोही नफसोस् । बिन्तीछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै

गिरीबन्धु टि–स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं । सहकारीका लाखौं बचतकर्ताको अर्बौ रुपैयाँ ठगी प्रकरण र झापाको गिरीबन्धु टि–स्टेटमा

प्रधानमन्त्रीलाई विश्वासको मत लिन रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिन लागेको विश्वासको मत रोक्न माग

एमालेले रविको नाम राखेर संसदीय समिति नबन्ने बताएपछि जुटने कार्यदलमा सहमति

काठमाडौं । सहकारी प्रकरणमा छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) बनाउन गठित