कोरोना भाइरसको संक्रमण फरक ढंगले हुँदैछ कि भन्ने आशंका बढाएको छ



डा. अनुप बास्तोला ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पुनः सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति नै जारी गरी देशभर भीडभाड हुने कुनै गतिविधि नगर्न भन्दै सामाजिक/भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग र साबुन पानीले हात धुन तथा सेनिटाइजर प्रयोग गर्न अनुरोध गरेको हो ।

झट्ट सुन्दा/हेर्दा धेरैलाई यो फेरि बन्देज किन लगाउनुपर्ने भन्ने लाग्दो हो । अहिले कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्था गर्दै हामी जसरी फुक्काफाल हिँडिरहेका छौं र जोखिम कम हुँदै गएको महसुस गरेका छौं, यस्तो बेला फेरि किन सावधानी अपनाउनु भन्ने लाग्नु स्वभाविक हो । तर, यसको कारण छ ।

पछिल्लो समय युरोपेली देश मात्र होइन छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको नयाँ अध्याय शुरु भएको छ भन्दा फरक पर्दैन । त्यस्तै असर नेपालमा पनि पर्न सक्छ । किनकि, हालै मेरो जानकारीमा आएको एउटा घटनाले झस्काएको छ । गत फागुन ७ गते एउटा होटलमा ५० जना जतिको जमघट भयो । हलमा हावा आउने-जाने ठाउँ थिएन ।

हलमा भित्रिने र बाहिरिने एउटै ढोका मात्र थियो । जमघट र खानपिन साँझ ६ बजेदेखि राति ११ बजेसम्म (५ घण्टाजति) चल्यो । त्यसको एक सातापछि त्यही भेटघाटमा पुग्नु भएका एक व्यक्ति ज्वरो, खोकी र सास फेर्न समस्या भएपछि टेकू अस्पतालमा भर्ना हुनुभयो ।
उहाँमा कोरोना भाइरस पोजिटिभ देखिनुका साथै निमोनिया भइसकेको थियो । पाँच दिनको उपचारपछि उहाँ निको भएर घर फर्किनु भयो । तर, अत्याउने किसिमको तथ्यांक त यो आयो कि, त्यो जमघटमा पुगेपछि पीसीआर गरेका ४० मध्ये १९ जनामा कोरोना भाइरसको संक्रमण देखियो, जसमध्ये ७ जना अस्पताल भर्ना हुनुभयो ।

त्यो जमघटमा पुग्नु भएका मेरै एकजना आफन्त पनि निमोनिया देखिएपछि टेकू अस्पतालमै ४ दिन उपचार गराएपछि निको हुनु भयो । उहाँलाई एक दिन मात्र ९९ डिग्री फरेनहाइड ज्वरो आयो, खोकी पटक्कै थिएन तर १२ दिनपछि निमोनिया देखियो । ५ घण्टा एउटा जमघटमा भेला भएका ५० मध्ये १९ जना संक्रमित हुनु र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य कुरा होइन ।
यसले कोरोना भाइरसको संक्रमण फरक ढंगले हुँदैछ कि भन्ने आशंका बढाएको छ । यो भाइरस कति संक्रामक किसिमको होला भनेर चिन्ता लिन जरुरी छ । त्यसैले तपाईंहरु मनन गर्नोस्, मापदण्डको पालना कत्तिको आवश्यक हो । कृपया भोजभतेर, भीडभाड सकेसम्म नगरौं । मापदण्ड पालना गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर

संसद‍्मा बोल्ने अनुमति पाउँ भन्दै सभामुखलाई गृहमन्त्री दिए निवेदन

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने भन्दै सभामुख देवराज

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको मागमा कांग्रेसको अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन

सरकारले विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने

काठमाडौँ । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ ।