वैदिक धर्म-संस्कृति प्राचीन होइनन्, सनातन हुन्



डा. गोविन्दशरण उपाध्याय ।

वैदिक धर्म–संस्कृति प्राचीन होइनन् सनातन हुन् । सनातनको अर्थ हो – सधैंसधैं रहने । सनातन वैदिक धर्म प्राचीन हो भन्नुको अर्थ पुनः यसलाई समयमा सीमित पारेर बौद्धिक विरोधाभाषमा फंस्नु हो । मैले धेरै विद्वान–विदुषीहरूले अज्ञात रूपमा नै यस्तो गल्तिगरिरहेको पढेको, सुनेको र बुझेको छु । यहुदी, इसाई, मुस्लिम, जैन, बौद्ध तथा विश्वका अन्य “धर्म“हरू सनातन होइनन् । मान्छेले आरम्भ गरेका “धर्म“हरूले आफूलाई “सनातन“ भनेको पढिएको र सुनिएको छैन । “सनातन“ भन्ने र यसको स्वामित्व ग्रहण गर्ने अधिकार हामी वैदिकहरूले प्राकृतिक रूपमा प्राप्त गरेका छौँ । अरू कसैले च्यालेन्ज नगरेको यस्तो महत्वपूर्ण पहिचानको स्वामित्व ग्रहण गर्ने अग्रसरता हमारे हुनुपर्छ । यसमा हामी चुक्नुको अर्थ हो “सनातन“अंगबाट विचलन ।

संस्कृतिमा विचलन हुन सक्छ तर “सनातन“मा कुनै विचलनको सम्भावना हुँदैन । व्यक्तिले सनातनलाई प्रभावित पार्न सक्दैनन् । यहुदी, इसाई, मुस्लिम, जैन, बौद्धआदि सबै पन्थहरुका साधनाको मूल गन्तव्य “सनातन“ नै हो । उनीहरू अनन्त जीवन वा अनन्त निर्वाण चाहन्छन् । वैदिकहरूले यस्तो “सनातन“ लक्ष स्वतः प्राप्त गरेका छन् । असलमा, उपरोक्त तत्थ्य आत्मसात गरे पुग्छ । यहुदी, इसाई, मुस्लिम, जैन, बौद्ध तथा विश्वका सबैले अन्ततः अन्त्यहीन जीवन नै चाहन्छन् यसको अर्थ हो हामी सनातनीका लागि अन्त्यहीन जीवन “अमरता“ हस्तगत नै छ । स्वामित्वका लागि पहल गरे पुग्छ । कुनै धर्म, सम्प्रदाय वा राजनैतिक धाराको विरोध वा स्वागत गर्नुपर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले लिए अनुमति

  काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय

सुनिल पौडेललाई ९ वर्षको कैद र २३ करोड २६ लाख जरिवानाको फैसला

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्षको कैद सजाय