विश्वमा ६ करोड ३० लाख भन्दा बढी मानिसलाई कोरोना संक्रमण



विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ३५ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ५३ हजार ६ सय भन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ४ करोड ३५ लाख ४२ हजार ३८१ जना संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा विश्वमा चार लाख ९६ हजार भन्दाबढी संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ६ करोड ३० लाख ६६ हजार १६८ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा सात हजार २ सय भन्दाबढीको मृत्युभए संगै हालसम्म १४ लाख ६५ हजार ४८ जनाको मृत्यु भएको छ ।

हाल विश्वभर १ करोड ८० लाख ५८ हजार ७३९ जना सक्रिय संक्रमित छन् भने एक लाख ५ हजार ५४३ जना गम्भीर बिरामी छन्। उपचाररत छन् भने १ लाख ५ हजार ५४९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमित संख्या १ करोड ३७ लाख ५० हजार ४०४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८१ लाख ७ हजार २०३ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ७३ हजार नाघेको छ । त्यसैगरी, भारतमा सक्रमितको संख्या ९४ लाख ३२ हजार ७५ पुगेको छ ।

संक्रमितमध्ये एक लाख ३७ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८८ लाख ४६ हजार ३१३ जना संक्रमणमुक्त भएका छन् । करिव डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार जनामा संक्रमण पुष्टि भएको छ भने ४ सय ४४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६३ लाख १४ हजार नाघेको छ भने १ लाख ७२ हजार ८४८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५५ लाख ७८ हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश नदिएको अमेरिकी गुप्तचर निकायको दाबी

अमेरिकी गुप्तचर निकायले विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युका लागि रूसी राष्ट्रपति नै जिम्मेवार

विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने

गाजामा जारी युद्धमा केन्द्रित रहेर आइतबारदेखि दुई दिने आर्थिक शिखर सम्मेलन हुने भएको

कम्बोडियाको सैन्य शिविरमा भएको विस्फोटमा परी २० सैनिकको मृत्यु

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले कम्बोडियाको पश्चिममा रहेको एक सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा

कतारले युक्रेनी संसद्को मानवअधिकार आयुक्त कार्यालयलाई ३० लाख अमेरिकी डलर सहयोग गर्ने

  कतारले रुससँगको युद्धबाट प्रभावित परिवार र बालबालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले प्रभावकारी सेवाहरू