कम्बोडियाको सैन्य शिविरमा भएको विस्फोटमा परी २० सैनिकको मृत्यु



कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले कम्बोडियाको पश्चिममा रहेको एक सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा परी २० जना कम्बोडियाली सैनिकको मृत्यु भएको बताएका छन् ।

प्रधानमन्त्री हुन मानेटले फेसबुकमार्फत् जारी गरेको एक शोक सन्देशमा सैनिकको विस्फोटमाm परी मृत्यु भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “शनिबार दिउँसो कम्पोङ स्पेउ प्रान्तको सैनिक शिविरमा भएको विस्फोटमा कैयौँ सैनिक घाइते भएका छन् । गोलाबारुद विष्फोटको घटनाको खबरले म स्तब्ध भएको छु,” हुन मानेटले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै भनेका छन् ।

प्रधानमन्त्री हुन मानेटले जारी गरेको वक्तव्यमा आफूले रक्षामन्त्री र रोयल कम्बोडियाली सशस्त्र बलका कमान्डर इन चिफलाई मृतक सैनिकको तत्काल अन्त्येष्टिको व्यवस्था गर्न निर्देशन दिएको बताएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरूमा भत्किएको एक तले भवन धुवाँमा डुबेको देखिन्छ भने नजिकैको गाउँका एक बासिन्दाले पनि झ्यालहरु फुटेको तस्बिरहरु अनलाइनमा शेयर गरेका छन् ।

अन्य तस्विरमा अस्पतालमा उपचार गराइरहेका सर्वसाधारणको अवस्था पनि देखिएको छ ।

दशकौँ लामो गृहयुद्धपछि गोलाबारुदले भरिएको कम्बोडियामा युद्धसामग्री दुर्घटना असामान्य होइन । यहाँ सुरक्षा मापदण्डको ढिलासुस्तीका कारण दुर्घटना हुने गरेको छ ।

कम्बोडियाको सेनाले उक्त घटना ‘गोदाममा भएको गोलाबारुद विस्फोट’ बाट भएको बताएको छ ।

विस्फोटपछि सार्वजनिक भएका तस्वीरहरूमा हतियारले भरिएको एउटा ट्रक विस्फोटका कारण पूर्णरूपमा क्षति भएको देखाइएको छ ।

विस्फोटका कारण कार्यालय भवन र नजिकैको ब्यारेक ध्वस्त भएको छ भने आसपासका २५ वटा घरमा पनि आंशिक क्षति पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्जेन्टिनाको राजधानीमा रेल दुर्घटना, ६० जना घाइते

  अर्जेन्टिनाको ब्युनस आयर्समा  एउटा यात्रुवाहक रेल मर्मतसम्भार गर्ने रेलसँग ठोक्किँदा घाइते करिब

कम्बोडियाद्वारा ‘ई–सिगरेट’ सेवन नगर्न नागरिकलाई आह्वान

कम्बोडियाको स्वास्थ्य मन्त्रालयले मानिसहरूलाई विशेषगरी युवाहरूलाई ‘ई–चुरोट’ सेवन नगर्न आह्वान गरेको छ ।

पाकिस्तानी अर्थतन्त्रमा उच्च गिरावटको जोखिम रहेको आइएमएफको चेतावनी

  अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पछिल्लो रिपोर्टमा उच्च नकारात्मक जोखिमलाई उजागर गर्दै पाकिस्तानको

रफाह आक्रमणले ‘मानवीय विपत्ति’ निम्त्याउने गुटेरेसको चेतावनी

  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजाको रफाहमा इजराइली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’