विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने



गाजामा जारी युद्धमा केन्द्रित रहेर आइतबारदेखि दुई दिने आर्थिक शिखर सम्मेलन हुने भएको छ । विश्व आर्थिक मञ्चको दुई दिने विशेष बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र युरोपका विदेशमन्त्री तथा प्रधानमन्त्री सहभागी हुनेछन् ।

त्यस अवसरमा फ्रान्स, जर्मनी, बेलायत र युरोपेली सङ्घका विदेशमन्त्री तथा कतार, जोर्डन, इजिप्ट र इराकका प्रधानमन्त्रीसमेत सहभागी हुनेछन् । सम्मेलनमा एक हजारभन्दा बढी सहभागीमध्ये १२ जना राष्ट्राध्यक्ष र सरकार प्रमुखको सहभागिता रहेको ब्रेन्डेले शनिबार जानकारी दिए ।

सम्मेलनमा वासिङ्टनका उच्च कूटनीतिज्ञ इन्टोनी ब्लिन्केनसमेत सहभागी हुने अपेक्षा गरिएको आयोजक साउदी अरबले जनाएको छ ।

विश्व आर्थिक मञ्च (डब्ल्युइएफ) का अध्यक्ष बोर्गे ब्रेन्डेले शनिबार रियादमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन चीन भ्रमणपछि इजरायल जाने क्रममा साउदी अरबमा पुग्ने कार्यक्रम तय भएको बताए ।

उनले भने,“ गाजामा हामीले सामना गरिरहेको गतिरोधबाट बाहिर निस्कने सम्भावित उपाय र बन्धकहरूबारे केन्द्रित वार्तामा अब केही नयाँ गति आएको छ ।सम्मेलनमा गाजामा जारी मानवीय अवस्था र इरानसँगको क्षेत्रीय पक्षहरूमा पनि छलफल हुने भएकोले यो धेरै परिणामी बैठक बन्ने सबै सम्भावना छन् ।”

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणबाट सुरु भएको गाजा युद्धमा करिब एक हजार १७० जनाको मृत्यु भएको इजरायली आधिकारिक आँकडामा उल्लेख छ ।

गाजामा हमासले १२९ जना बन्धकलाई आफ्नो नियन्त्रणमा राखेको र तीमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायलको अनुमान छ ।

हमासको अकल्पनीय आक्रमणको कारण भएको क्षतिको बदलामा इजरायलले चलाएको प्रतिशोधात्मक सैन्य कारबाहीमा कम्तीमा ३४ हजार ३५६ प्यालेस्टिनीको मृत्यु भएको छ ।

उनीहरूमध्ये अधिकांश महिला र बालबालिका रहेको इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हमासले गाजामा सम्भावित युद्धविरामका सम्बन्धमा इजरायलको पछिल्लो प्रति प्रस्तावबारे शनिबार अध्ययन गरिरहेको बताएको छ भने सञ्चार रिपोर्ट अनुसार वार्ताको मध्यस्थता गरिरहेको इजिप्टको एक प्रतिनिधिमण्डल अवरुद्ध वार्ता सुरु गर्न इजरायल पुगेको उल्लेख गरिएको छ ।

साउदी अरबले इजरायललाई कहिल्यै मान्यता दिएको छैन तर अक्टोबर ७ मा भएको आक्रमणअघि नै इजरायललाई मान्यता दिनेबारे विचार गरिरहेको छ । रियाद र वासिङ्टनले आफ्नो सुरक्षा साझेदारीलाई अझ मजबुत बनाउने सम्झौतामा वार्ता जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्जेन्टिनाको राजधानीमा रेल दुर्घटना, ६० जना घाइते

  अर्जेन्टिनाको ब्युनस आयर्समा  एउटा यात्रुवाहक रेल मर्मतसम्भार गर्ने रेलसँग ठोक्किँदा घाइते करिब

कम्बोडियाद्वारा ‘ई–सिगरेट’ सेवन नगर्न नागरिकलाई आह्वान

कम्बोडियाको स्वास्थ्य मन्त्रालयले मानिसहरूलाई विशेषगरी युवाहरूलाई ‘ई–चुरोट’ सेवन नगर्न आह्वान गरेको छ ।

पाकिस्तानी अर्थतन्त्रमा उच्च गिरावटको जोखिम रहेको आइएमएफको चेतावनी

  अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पछिल्लो रिपोर्टमा उच्च नकारात्मक जोखिमलाई उजागर गर्दै पाकिस्तानको

रफाह आक्रमणले ‘मानवीय विपत्ति’ निम्त्याउने गुटेरेसको चेतावनी

  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजाको रफाहमा इजराइली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’