पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश नदिएको अमेरिकी गुप्तचर निकायको दाबी



अमेरिकी गुप्तचर निकायले विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युका लागि रूसी राष्ट्रपति नै जिम्मेवार भए पनि उनले त्यस्तो घटना हुन आदेश नदिएको बताएको वाल स्ट्रिट जर्नलले जनाएको छ ।

जर्नलका अनुसार मृत्युका कारण राष्ट्रपति भ्लादिमिर पुटिनको रुसविरुद्ध नयाँ चरणको प्रतिबन्ध लगाइएकोमा गोप्य गुप्तचर र सार्वजनिक तथ्यको विश्लेषणमा आधारित यो खोजले नाभाल्नीको सुदूर आर्कटिक जेलमा मृत्युबारे नयाँ प्रश्न खडा गरेको छ ।

ती तथ्यहरूमध्ये फेब्रुअरीको मध्यमा विपक्षी नेता नाभाल्नीको मृत्यु भएको थियो भने उनको मृत्युको एक महिनापछि भएको निर्वाचनले पुटिनलाई पुनः नयाँ कार्यकालका लागि निर्वाचित गरेको थियो । निर्वाचनका कारण नाभाल्नीको मृत्युको बिषय ओझेलमा परेको थियो ।

नयाँ खोजले नाभाल्नीको मृत्युमा पुटिनको जिम्मेवारीमाथि प्रश्न नउठाए पनि सीआईए र अन्य अमेरिकी गुप्तचर एजेन्सीहरूले सम्भवतः उनले ‘त्यतिबेला’ यो आदेश नदिएको हुनसक्ने विश्वास गरेका छन् ।

अमेरिकी खोजमा जानकारी लिइएका कतिपय युरोपेली अधिकारीहरूले ४७ वर्षीय विपक्षी नेता नाभाल्नीको गतिविधिप्रति पुटिन असन्तुष्ट रहेपनि यो घटनामा उनको प्रत्यक्ष संलग्नता नरहेको हुनसक्ने र उनलाई पूर्वजानकारी बिना नै निशाना बनाइएको हुन सक्नेमा शङ्का व्यक्त गरेका छन् ।

राष्ट्रपति जो बाइडेन र विश्वका अन्य थुप्रै नेताहरूले सार्वजनिक रूपमा यस रिपोर्टबारे कुनै प्रतिक्रिया व्यक्त गरिसकेका छैनन् तर बाइडेनले नाभाल्नीको मृत्युको आश्चर्यजनक समाचार सार्वजनिक भएपछि दिएको अभिव्यक्तिमा भनिएको थियो, “कुनै गल्ती नगर्नुहोस् । नाभाल्नीको मृत्युका लागि पुटिन जिम्मेवार छन् ।”

रूसी जेल सेवाका अनुसार नाभाल्नी फेब्रुअरी १६ मा एकान्त शिविरमा हिँडडुल गर्ने क्रममा बेहोस भएका थिए र उनलाई पुनर्जीवित गर्ने चिकित्सकको प्रयास असफल भएको बताइएको थियो ।

एक दिन अघि मात्र एक भिडियोमा नभाल्नी तुलनात्मक रूपमा स्वस्थ र स्वभाविक मुद्रामा देखिएका थिए ।
त्यसको एक हप्ता अघि, उनी सम्भावित कैदी आदानप्रदानको बारेमा उच्चस्तरीय वार्ताको विषय बनेका थिए । कैदी आदानप्रदानका लागि उनको नाम पनि समावेश थियो ।

नाभाल्नी र उनका समर्थकले राज्यविरूद्ध ‘मनगढन्ते’ काम गरेको आरोपमा १९ वर्षको जेल सजाय काटिरहेका थिए ।

यसअघि उनी अमेरिकी र अन्य अनुसन्धानकर्ताहरूले क्रेमलिनलाई दोष दिएको विषाक्तताबाट बचेका थिए । रूसी अधिकारीहरूले विषाक्तता वा उनको मृत्युमा कुनै पनि दोष नरहेको बताएका छन् ।

हालैका वर्षहरूमा क्रेमलिनका कैयौँ प्रमुख विरोधीहरूको मृत्यु भएको छ, जेलमा राखिएको छ वा निर्वासनमा जान बाध्य पारिएको छ ।

एएफपीले प्रतिक्रियाका लागि शनिबार सम्पर्क गर्दा राष्ट्रिय सुरक्षा परिषद्ले उक्त रिपोर्टबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्जेन्टिनाको राजधानीमा रेल दुर्घटना, ६० जना घाइते

  अर्जेन्टिनाको ब्युनस आयर्समा  एउटा यात्रुवाहक रेल मर्मतसम्भार गर्ने रेलसँग ठोक्किँदा घाइते करिब

कम्बोडियाद्वारा ‘ई–सिगरेट’ सेवन नगर्न नागरिकलाई आह्वान

कम्बोडियाको स्वास्थ्य मन्त्रालयले मानिसहरूलाई विशेषगरी युवाहरूलाई ‘ई–चुरोट’ सेवन नगर्न आह्वान गरेको छ ।

पाकिस्तानी अर्थतन्त्रमा उच्च गिरावटको जोखिम रहेको आइएमएफको चेतावनी

  अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पछिल्लो रिपोर्टमा उच्च नकारात्मक जोखिमलाई उजागर गर्दै पाकिस्तानको

रफाह आक्रमणले ‘मानवीय विपत्ति’ निम्त्याउने गुटेरेसको चेतावनी

  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजाको रफाहमा इजराइली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’