कतारले युक्रेनी संसद्को मानवअधिकार आयुक्त कार्यालयलाई ३० लाख अमेरिकी डलर सहयोग गर्ने



 

कतारले रुससँगको युद्धबाट प्रभावित परिवार र बालबालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले प्रभावकारी सेवाहरू प्रदानका लागि आवश्यक पूर्वाधार सुदृढीकरण गर्न युक्रेनी संसद्को मानवअधिकार आयुक्तलाई ३० लाख डलर प्रदान गर्ने घोषणा गरेको अल जजिराले जनाएको छ ।

कतारको विदेश मन्त्रालयले कोषको उद्देश्य युक्रेनमा बालबालिका, सशस्त्र द्वन्द्वबाट प्रभावित नागरिक र समग्र युक्रेनीको जीवन सुधार गर्न डिजाइन गरिएका पहलहरूलाई सहयोग गर्नु रहेको जनाएको छ ।

“यसबाहेक कोषले युक्रेनमा द्वन्द्व प्रभावित परिवारहरूलाई सहयोग प्रदान गर्न आवश्यक कानूनी सहयोग बढाउन तथा अत्यावश्यक पूर्वाधार सुधारमा योगदान गर्नेछ”, मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

मन्त्रालय र आयुक्तको कार्यालयले पनि मानव मर्यादाको सम्मान हुने  तथा हरेक व्यक्तिको अधिकारको रक्षा हुने जनाउँदै संसारप्रति आफ्नो समर्पण दोहोरÞ्याएका छन् ।

यस हप्ताको सुरुमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२२ मा युक्रेन आक्रमण गरेपछि रुसमा जबरजस्ती निर्वासित गरिएका १६ युक्रेनी बालबालिका हाल कतारमा हुर्किरहेको बताएका थिए ।

“हजारौँ केही जबरजस्ती निर्वासित युक्रेनी बालबालिका रुसमा छन्, समय बित्दै जाँदा उनीहरू आफ्नो परिवार र मातृभूमिबाट अलग भइरहेको महसुस गर्नु हृदयविदार छ, हामीले मिलेर हरेक बालबालिकालाई घर ल्याउनका लागि हरसम्भव प्रयास गर्नुपर्छ । विश्वभरमा यो कठिन कार्यमा हाम्रो सहयोग गरिरहेकामा म धन्यवाद दिन्छु”, उनले सामाजिक सञ्जाल एक्समा भने ।

यसैगरी युक्रेनी राष्ट्रपतिले युक्रेनलाई सहयोग गरेकोमा कतारप्रति कृतज्ञता व्यक्त गर्दै महत्त्वपूर्ण सहयोग गरेकामा कतारका अमिर शेख तमिम बिन हमद अल–थानीप्रति आभारी र खुशी भएको उल्लेख गरे । यस मामिलामा निरन्तर फलदायी सहयोगका साथसाथै थप बालबालिकाको फिर्तीका लागि तत्पर रहेको उनले बताए ।

परिवारहरूको पुनर्मिलन गर्न जारी मध्यस्थता प्रयासको एक हिस्साका रूपमा स्वास्थ्य सेवा र सहयोग प्रदान गर्न कतारको राजधानी दोहामा २० युक्रेनी तथा रूसी परिवार आइपुगेको केही दिनपछि जेलेन्स्कीको टिप्पणी आएको अल जजिराले जनाएको छ ।

यसबाहेक युक्रेनका अनुसार सन् २०२२ मा मस्कोले युक्रेनमा पूर्ण आक्रमण सुरु गरेदेखि रुसले १९ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई अवैध रूपमा आफ्नो कब्जामा लिएको छ । तीमध्ये चार सय भन्दा कम मात्र बालबालिका घर फर्केका छन् भने बाँकी बेखबर छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु

युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी गोलाबारीमा दुई जनाको मृत्यु भएको जनाएको छ

माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर भारत भ्रमणमा

कूटनीतिक गतिरोधको बीचमा माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल

अफगानिस्तानमा भएको विस्फोटमा तीनको मृत्यु, पाँच घाइते

अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु

अमेरिकाले इजरायललाई हतियार नदिने

बीबीसी । दक्षिणी गाजाको रफाह क्षेत्रमा इजरायलले ठूलो सैन्य कारबाही गर्न लागेको आशङ्कामा