हुवावेका स्मार्टफोनको बिक्री घट्यो



चिनियाँ टेलिकम कम्पनी हुवावेले उत्पादन गरेको स्मार्टफोन (मोबाइल) को बिक्री सन् २०२० को अन्तिम त्रैमासिकमा निकै धेरै घटेको छ ।

अनुसन्धान संस्था क्यानालिसका अनुसार, हुवावेमाथि अमेरिकाले लगाएका प्रतिबन्धहरुका कारण हुवावेका स्मार्टफोनहरुको बिक्रीमा ठूलो असर परेको हो । गत वर्ष अक्टोबरदेखि डिसेम्बरमा चीनभित्र हुवावेका स्मार्टफोनको बिक्रीमा ४४ प्रतिशतले कमी आई १ करोड ८८ लाख थान बिक्री भएको क्यानालिसले जनाएको छ ।

औद्योगिक विश्लेषण गर्ने इन्टरनेसनल डेटा कर्प (आइडिसी) ले पनि गत साता सार्वजनिक गरेको विवरणमा चीनबाट अन्यत्र मुलुकमा पठाइएका मोबाइल सेटको संख्यामा ४३ प्रतिशतले कमी आई ३ करोड २० लाख रहेको जनाएको थियो । क्यानालिसका अनुसन्धाता निकोल पेङले देशभित्रै पनि हुवावे निकै कठिन समयबाट गुज्रिरहेको बताए ।

अमेरिकी प्रतिबन्धहरुका कारण हुवावेले देशको आन्तरिक मागलाई पनि पूरा गर्न समस्या भइरहेको उनको भनाई छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावे राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै अमेरिकी बजारमा हुवावेको प्रवेशलाई निषेध गर्नुका साथै अमेरिकी गठबन्धनका अन्य मुलुकलाई समेत यही नीति अबलम्बन गर्न दबाब दिएका थिए ।

हुवावेले मोबाइल डिभाइसका अतिरिक्त पाँचौं पुस्ताको तिब्र गतिको इन्टरनेट र दूरसंचार उपकरणहरु पनि उत्पादन गरिरहेको छ । हुवावेले चीनका लागि जासुसी गर्ने गरेको अमेरिकी दाबी असत्य रहेको हुवावेको भनाई छ ।

अमेरिकी सरकारले हुवावेले जासुसी गरेको आरोप पुष्टी गर्न नसकेको पनि हुवावेले बताएको छ । हुवावे गत वर्ष केही समय विश्वमै सबैभन्दा बढी फोन उत्पादक कम्पनी बनेको थियो । हाल विश्वमा सामसुङ, एप्पल मात्र होइन चिनियाँ कम्पनीहरु साओमी र ओप्पोभन्दा पछि हुवावे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश नदिएको अमेरिकी गुप्तचर निकायको दाबी

अमेरिकी गुप्तचर निकायले विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युका लागि रूसी राष्ट्रपति नै जिम्मेवार

विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने

गाजामा जारी युद्धमा केन्द्रित रहेर आइतबारदेखि दुई दिने आर्थिक शिखर सम्मेलन हुने भएको

कम्बोडियाको सैन्य शिविरमा भएको विस्फोटमा परी २० सैनिकको मृत्यु

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले कम्बोडियाको पश्चिममा रहेको एक सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा

कतारले युक्रेनी संसद्को मानवअधिकार आयुक्त कार्यालयलाई ३० लाख अमेरिकी डलर सहयोग गर्ने

  कतारले रुससँगको युद्धबाट प्रभावित परिवार र बालबालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले प्रभावकारी सेवाहरू