खेलकुद

नेपाली क्रिकेट टीमलाई बधाई दिँदै अमेरिकी राजदूतले भने -‘अमेरिकी टीमले यस्ता खेलहरूबाट धेरै सिक्नुपर्छ’

काठमाडौं । नेपाल र अमेरिकाबीच भएको एकदिवसीय क्रिकेट खेलमा नेपालले ८ विकेटको फराकिलो जित हासिल गरेपछि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरीकी टीमले सिक्नुपर्ने कुरा धेरै रहेको प्रतिक्रिया दिएका छन् । राजदूत बेरी क्रिकेट मैदानमा उपस्थित भएर खेल हेरिरहेका थिए ।