थ्रीस्टार तेस्रो स्थानमा
काठमाडौं । दशरथ रंगशालामा थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । बिहिबार भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई ३–१ गेलले हराउँदै थ्रीस्टार तेस्रो स्थानमा उक्लिएको हो ।
थ्रीस्टारको जितमा सुशील राईले छैटौं मिनेटमा खाता खोलेको थियो । सन्जोग राईले पहिलो हापको इन्जुरी समयमा दोस्रो गोल गरेका थिए । तेस्रो गोल ५०औं मिनेटमा विदेशी खेलाडी वासिउ ओलानडिरान हजमतले गरेका थिए । हिमालयन शेर्पाका लागि स्टेफेन समिरले पहिलो हाफको इन्जुरी समयमै एक गोल फर्काएका थिए ।
थ्रीस्टारका सन्जोग राई म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।