दोस्रो एकदिवसीयमा १७२ रनको जित



काठमाडौं । पोखरा क्रिकेट मैदानमा नेपाली टिमले दोस्रो खेल १ सय ७२ रनले जितेको छ । दोस्रो एकदिवसीयमा १७२ रनको जितसँगै नेपाली टोलीले मलेसिया विरुद्धको तीन म्याचको सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो ।

नेपाल क्यान प्रेसिडेन्ट ११ ले दिएको २९१ रनको लक्ष्य पछ्याएको मलेसिया सेलेक्सन ११ ले २८.४ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्र बजाउन सक्यो । उसका भुषण विलास सेवले सर्वा्धिक २४ रन बनाए । उसलाई सस्तैमा समेट्ने क्रममा किशोर महतोले १९ रन खर्चिएर ३ विकेट लिए । ललितनारायण राजवंशीले पनि ३ विकेट लिँदा सुशन भारीको नाममा २ विकेट रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपाली टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २९० रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लसँगै रोहितकुमार पौडेलले अर्धशतक बनाए । रोहित ५७ र मल्ल ५४ रनमा रिटायर्ड हर्ट भए भने सुवास खकुरेलेल ४८ रन बनाए । लोकेश बमले ३४ रन बनाउँदा सुनिल धमलालले २४ र विनोद भण्डारीले २१ रन जोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘राइट टु प्रोटिन’ हाफ म्याराथनमा सन्तोषी र राजन प्रथम

काठमाडौँ। मुलुककै सबैभन्दा धेरै खेलाडीको सहभागिता रहेको चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड

मच्छिन्द्र क्लब सभापति कप फुटबलको सेमिफाइनलमा

  काठमाडौँ । सभापति कप पुरुष फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले एपिएफ क्लबलाई पराजित

नेपाल कबड्डी लिगमा विराटनगर ब्यान्डिट्स विजयी

काठमाडौँ । हिमालयन रेइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी लिग (एनकेएल) को

यु-१९ महिला टी–२० विश्वकपमा नेपालको जित

काठमाडौं । आईसीसी यु-१९ महिला टी–२० विश्वकपमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको