फुटबल संघ (एन्फा) र दी एफएबीच सम्झौता



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र दी एफएबीच सम्झौता भएको छ । बुधबार यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र दी एफएबीच सम्झौता भएको हो ।

सम्झौतामा एन्फा अध्यक्ष कर्मा्छिरिङ शेर्पा र इंग्ल्याण्डको फुटबल संघ दी एफए हेड अफ नेसनल लिग लरेन्स जोन्सले हस्ताक्षर गरेका छन् । पहिलो खेल सन् २०२० को मेमा इंग्ल्याण्डमा हुनेछ भने दोस्रो खेल सन् २०२१ मा हुनेछ । पहिलो खेल अल्डरसट क्लबको मैदानमा हुनेछ । लरेन्सले सन् २०२१ मेमा दोस्रो खेल नेपालमा हुने जानकारी दिए । एन्फा अध्यक्ष कर्मा्छिरिङ शेर्पाले सम्झौता ऐतिहासिक भएको प्रतिक्रिया दिए ।

बेलायत र नेपालको दौत्य सम्बन्ध २ सय ४ वर्ष पुरानो हो । त्यसकै अवसरमा बेलायतमा र नेपालमा खेल्न लागेको हो । इंग्ल्याण्डको ‘सी’ टिममा त्यहाँको पाँचौं डिभिजन खेल्ने टिमका खेलाडीहरू हुने लरेन्सले बताए । जसमा यू–२३ का खेलाडीहरू समेत रहने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले