सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्रको पहिलो हार



काठमाडौं । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र क्लब हिमालयन शेर्पा क्लबसँग पराजित भएको छ । हिमालयन शेर्पाको यो पहिलो जित हो भन्ने मछिन्द्रको पहिलो हार हो ।

शुक्रबार खेलमा हिमालयन शेर्पाले मछिन्द्रलाई २–० ले हराएको छ । खेलको पहिलो मिनेटमा नै मछिन्द्रका पिटर सेगुनको आत्मघाती गोलबाट अग्रता बनाएको शेर्पाले २० औँ मिनेटमा विजय श्रेष्ठको गोलमार्फत अग्रता दोब्बर पारेको थियो । लिगको शीर्ष स्थानमा रहेको मछिन्द्रले हिमालयन शेर्पाको खेलबाट अग्रता बढाउने अवसर गुमाएको हो । अहिलेसम्म ७ खेलमा ४ जित र २ बराबरी र १ हारसहित १३ अंक भएको मछिन्द्र दोस्रो स्थानमा छ । आर्मी क्लबको ६ खेलमा १३ अंक नै भए पनि गोल भिन्नताका आधारमा आर्मी शीर्षमा रहेको हो । ७ खेलमा १ जित २ हार र ४ बराबरी खेलेको हिमालयन शेर्पा क्लबको ७ अंक रहेको छ ।

लिग अन्तर्गत शनिबार दुई खेल हुनेछन्। पहिलो खेल जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब साथै दोस्रो खेल मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टारबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर । भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको

हङकङलाई १४० रनको लक्ष्य

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य

आइओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

  अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले  ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्डा सुरू गरेको

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित