शीर्ष टिम मेलवर्न स्टार्सको दशौं जित



काठमाडौं । मेलवर्न स्टार्सले दशौं जित हात पारेको छ । बीबीएल को शीर्ष टिम मेलवर्न स्टार्सले दशौं जित हात पारेको हो ।

शनिबार स्टार्सले १४१ रनको सामान्य लक्ष्य डिफेन्ड गर्‍यो । स्टार्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको पर्थले २० ओभरमा ९ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । पर्थका लागि क्यामरुन ब्यानक्रफ्टले सर्वा्धिक ३२ रन बनाए । स्टार्का लागि निक म्याडिसनले सर्वा्धिक ३ विकेट लिँदा सन्दीप लामिछानेसँगै कप्तान ग्लेन म्याक्सवेल, ड्यानिएल वोरल र क्लिनच हिनलिफले १(१ विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले २९ रन खर्चिए ।

त्यसअघि मेलवर्न क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको मेलवर्न स्टार्सले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाएको थियो । ओपनर हिल्टन कार्टराइडले अर्धशतक बनाएपछि स्टार्सले मध्यम स्कोर बनाएको थियो । कार्टराइटले ५६ बल खेल्दै ७ चौकाको मद्दतमा अविजित ५८ रन बनाए भने कप्तान ग्लेन म्याक्सवेलले २५ र निक लार्किनले २४ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले