प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटीको नाम सिफारिस


काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटीको नाम सिफारिस भएको छ । प्रज्ञा प्रतिष्ठानका पदाधिकारी छनोट गर्न गठित समितिले कुलपतिमा नगरकोटी र अभिनाश श्रेष्ठलाई उपकुलपतिमा सिफारिस गरेको हो । त्यस्तै रामलाल जोशीको नाम सदस्य सचिवका रूपमा सिफारिस भएको छ ।

प्रतिष्ठानको प्राज्ञ सदस्यका लागि तीर्थ गुरुङ, राजन मुकारुङ, दीपक सापकोटा, प्रगति राई, नवीन अभिलासी, प्रतिसरा सायमी र कृष्ण सर्वहारी सिफारिसमा परेका छन् ।

छनोट समितिको संयोजकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल तथा सदस्यहरूमा नारायण ढकाल र अर्चना थापा थिए ।