आईएमएफद्वारा आर्थिक सुधार गरेकामा श्रीलङ्काको प्रशंसा



अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले  श्रीलङ्काको आर्थिक सुधारमा भएको प्रगतिको प्रशंसा गरेको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आईएमएफ एसिया र प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले विस्तारित कोष सुविधा (ईएफएफ) व्यवस्था अन्तर्गत समर्थित सुधार कार्यक्रम बलियो नीतिगत उपायमा निर्मित र पाँच प्रमुख स्तम्भलाई प्राथमिकतामा राखिएको भन्दै श्रीलङ्काले यसको कार्यान्वयन शुरु गरिसकेको बताए ।

सरकार र श्रीलङ्काली जनताको बलियो स्वामित्वमा सुधारको गतिलाई अझ व्यापकरूपमा जारी राख्न आवश्यक रहेको पनि उनको टिप्पणी छ । उनले सुधारबाट प्राप्त कठिन लाभ श्रीलङ्काका जनतालाई फाइदा पुग्ने किसिमका रहेको, त्यसको सुदृण गर्दै भ्रष्टाचार विरोधी र शासन सुधार आवश्यक रहेको उल्लेख गरेका छन् ।

आईएमएफका अनुसार श्रीलङ्का एसियाको पहिलो देश हो जसले आईएमएफ गभर्नेन्स डायग्नोस्टिक अभ्यास गरेको छ । आईएमएफ गभर्नेन्स डायग्नोस्टिक प्रतिवेदन यस वर्ष सेप्टेम्बर सम्म प्रकाशित हुने अपेक्षा गरिएको छ । मिसनले मार्चमा कोलम्बोको भ्रमण गरेको थियो र यस महत्वपूर्ण सुधार क्षेत्रमा सरोकारवाला र नागरिक समाजसँग नजिक रहेर काम गरेको छ ।

आईएमएफले यस वर्ष मार्चमा श्रीलङ्काको आर्थिक नीति र सुधारलाई समर्थन गर्न करिब तीन अर्ब अमेरिकी डलरको इएफएफ अन्तर्गत ४८ महिनाको विस्तारित अर्ततन्त्र सुधार व्यवस्थालाई अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश नदिएको अमेरिकी गुप्तचर निकायको दाबी

अमेरिकी गुप्तचर निकायले विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युका लागि रूसी राष्ट्रपति नै जिम्मेवार

विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने

गाजामा जारी युद्धमा केन्द्रित रहेर आइतबारदेखि दुई दिने आर्थिक शिखर सम्मेलन हुने भएको

कम्बोडियाको सैन्य शिविरमा भएको विस्फोटमा परी २० सैनिकको मृत्यु

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले कम्बोडियाको पश्चिममा रहेको एक सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा

कतारले युक्रेनी संसद्को मानवअधिकार आयुक्त कार्यालयलाई ३० लाख अमेरिकी डलर सहयोग गर्ने

  कतारले रुससँगको युद्धबाट प्रभावित परिवार र बालबालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले प्रभावकारी सेवाहरू