जापानमा श्वासप्रश्वासका बिरामीको संख्यामा बृद्धि



जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय सङ्क्रामक रोग संस्थानले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यही माघ १५ गतेसम्म राष्ट्रव्यापी प्रति चिकित्सा संस्थामा बिरामीको औसत सङ्ख्या दश दशमलव ३६ पुगेको छ ।

हरेक स्वास्थ्य संस्थामा १० जना बिरामी आउने अनुमान गरिएकामा तिनमा बिरामी चाप बढेको पाइयो । बढ्दो बिरामीको सङ्ख्याले आगामी चार सातासम्म महामारीको चेतावनीलाई इङ्गित गरेको छ ।

देशका ४७ प्रिफेक्चरमा नियमितरूपमा गरिएका करिब पाँच सय चिकित्सा संस्थाको अनुगमनमा ५१ हजारभन्दा बढी श्वासप्रश्वासका बिरामी फेलापरेका छन् ।

ओकिनावा प्रिफेक्चरमा सबैभन्दा बढी ४२ दशमलव २३, फुकुईमा पच्चीस दशमलव ३८, ओसाका २४ दशमलव ३४ र फुकुओका २१ दशमलव ७० प्रतिशतले बिरामी बढेका छन् । विगतको भन्दा बेग्लै प्रकृतिका बिरामी बढेका भन्दै स्वास्थ्य विज्ञहरूले रोग अझ फैलनसक्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुन तस्करीको रिपोर्टपछि भारतका शीर्ष अफगान कूटनीतिज्ञद्वारा राजीनामा

  भारतमा अफगानिस्तानका शीर्ष कूटनीतिज्ञले कथितरूपमा मुलुकमा करिब २० लाख डलर मूल्यको सुन

इजरायल सरकारले आफ्नो देशमा अल जजिरा टिभी बन्द गर्ने

  इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले उनको सरकारले कतार आधारित समाचार च्यानल अल जजिरालाई

हरदीप सिंहका हत्यारा पक्राउ कानुनी शासनको उदाहरणः प्रधानमन्त्री ट्रुडो

  प्रधानमन्त्री जस्टिन ट्रुडोले  क्यानाडाका सिख समुदायमा डर रहेको स्वीकार गरेका छन् ।

अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट ६ सयभन्दा बढीको उद्धार

  अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी