हरदीप सिंहका हत्यारा पक्राउ कानुनी शासनको उदाहरणः प्रधानमन्त्री ट्रुडो



 

प्रधानमन्त्री जस्टिन ट्रुडोले  क्यानाडाका सिख समुदायमा डर रहेको स्वीकार गरेका छन् । यद्यपि गत वर्ष भ्यानकुभरमा एक सिख पृथकतावादीको हत्याको सिलसिलामा तीन व्यक्ति पक्राउ परेपछि उनले ‘कानूनको शासन’ लाई जोड दिए ।

प्रहरीले हरदीप सिंह निज्जरको हत्याको आरोपमा शुक्रबार तीन जनालाई पक्राउ गरेको छ । प्रधानमन्त्री ट्रुडोले हत्यामा भारत सरकारको संलग्नता रहेको बताएपछि क्यानाडा र भारतबीच कूटनीतिक मनमुटाव सिर्जना भएको थियो ।

शनिबार टोरन्टोमा सिख सम्पदा र संस्कृति मनाउन आयोजित एक समारोहमा ट्रुडोले क्यानाडाका सिख समुदायमा धेरै मानिसले ‘असहज महसुस गरिरहेको र अहिले पनि भयभीत रहेको’ स्वीकार गरे । यद्यपि उहाँले न्याय प्रणालीमा विश्वास गर्न आग्रह गरे ।

“हामी शान्त बनौँ र हाम्रो लोकतान्त्रिक सिद्धान्त र न्याय प्रणालीप्रति हाम्रो प्रतिबद्धतामा अडिग रहौँ”, उनले भने, “गिरफ्तारी महत्त्वपूर्ण थियो किनकी क्यानाडा बलियो र स्वतन्त्र न्याय प्रणालीसहितको कानूनको शासन भएको मुलुक हो, साथै नागरिकहरूको सुरक्षा गर्ने आधारभूत प्रतिबद्धता पनि हो ।”

बाइस वर्षका दुई र अर्का २८ वर्षका गरी तीन भारतीय नागरिकलाई ‘फर्स्ट डिग्री’ हत्या र षड्यन्त्रको आरोपमा शुक्रबार पक्राउ गरिएको थियो । उनीहरूमाथि निज्जरको हत्या भएको दिन गोली चलाउने, चालक र निगरानीकर्ता भएको आरोप छ ।

संदिग्धहरूको सम्बन्ध ‘यदि भारत सरकारसँग छ’ वा अरुको पनि संलग्नता हुन सक्छ भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सन् १९९७ मा क्यानाडा बसाइँ सरेका र सन् २०१५ मा नागरिक बनेका निज्जरले भारतबाट निकालिएको खालिस्तान भनेर चिनिने छुट्टै सिख राज्यको वकालत गरेका थिए । उनलाई कथित आतङ्कवाद र हत्याको षड्यन्त्र गरेको आरोपमा भारतीय अधिकारीहरूले खोजेका थिए ।

सन् २०२३ जुन १८ मा उपनगरीय भ्यानकुभरमा उनले नेतृत्व गरेको सिख मन्दिरको पार्किङमा मुखुन्डो लगाएका आक्रमणकारीले उनको गोली हानी हत्या गरेका थिए ।

प्रधानमन्त्री ट्रुडोले धेरै महिनापछि क्यानाडासँग हत्यामा भारतीय गुप्तचर संलग्न रहेको ‘विश्वसनीय आरोप’ को घोषणा गरेका थिए । साथै उनले एक भारतीय अधिकारीलाई निष्कासित गरेका थिए ।

भारतले आरोपहरूलाई ‘अर्थहीन’ भन्दै अस्वीकार गर्यो र कडा प्रतिक्रिया दियो । साथै क्यानाडाली नागरिकका लागि भिसामा केही समयका लागि रोक लगायो भने ओटावालाई आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता ल्याउन बाध्य पार्यो ।

नोभेम्बरमा अमेरिकी न्याय विभागले चेक गणतन्त्रमा बस्ने एक भारतीय नागरिकमाथि कथितरूपमा अमेरिकी भूमिमा यस्तै प्रकारको हत्या प्रयासको योजना बनाएको आरोप लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार