इजरायल सरकारले आफ्नो देशमा अल जजिरा टिभी बन्द गर्ने



 

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले उनको सरकारले कतार आधारित समाचार च्यानल अल जजिरालाई बन्द गर्ने निर्णय गरेको बताएका छन् । अल जजिरासँग उनको प्रशासनको लामो समयदेखि विवाद जारी छ ।

“सर्वसम्मतिले निर्णय गरिएको छ: इजराइलमा उत्तेजक च्यानल अल जजिरालाई बन्द गरिनेछ”, उनले सामाजिक सञ्जाल एक्समा भने ।

“इजराइलमा हमास पक्षधरहरूलाई वाक स्वतन्त्रता हुने छैन”, सञ्चारमन्त्री स्लोमो कारहीले नेतान्याहुसँगको छुट्टै संयुक्त विज्ञप्तिमा भने, “अल जजिरालाई तुरुन्त बन्द गरिने छ र उपकरणहरू जफत गरिनेछ ।”

कारहीले ‘उक्त च्यानलको सामग्री वितरित गर्नका लागि प्रयोग गरिने’ उपकरणहरू जफत गर्न आदेश जारी गरे । यसमा सम्पादन र राउटिङ उपकरण, क्यामेरा, माइक्रोफोन, सर्भर र ल्यापटपका साथ वायरलेस ट्रान्समिसन उपकरण र केही सेलफोन समावेश थिए ।

इजराइल र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा अल जजिराको कार्यालय प्रमुख वालिद अल–ओमारीले उक्त निर्णयमाथि प्रतिक्रिया व्यक्त गर्दै भने, “यो इजराइलको चरम दक्षिणपन्थी मन्त्रीहरूको सहज जितको खोजीमा एउटा अभियान थियो ।”

उनले ब्रोडकास्टरलाई ‘इजराइलका सीमाभित्र सञ्चालित अल जजिरा च्यानलका कार्यालयहरू बन्द गर्ने’ र उसका प्रसारण उपकरणहरू जफ गर्ने सूचना दिइएको बताए ।

उनले अल जजिराको वेबसाइटहरूमा प्रसारण पनि प्रतिबन्धित हुने तर इजराइलले कब्जा गरेको वेस्ट बैंकमा कानूनीरूपमा प्रतिबन्ध लागु नहुने बताए । गाजा पट्टीमा पनि प्रतिबन्ध लागु हुनेछैन । गाजा पट्टीबाट अल जजिराले अहिले पनि हमाससँगको इजराइलको युद्धलाई प्रत्यक्ष प्रसारण गर्दछ ।

इजराइलको संसद्ले गत महिना भारी बहुमतले नयाँ राष्ट्रिय सुरक्षा कानून पारित गरेपछि आइतबार उक्त निर्णय आएको हो । उक्त कानूनले शीर्ष मन्त्रीहरूलाई राष्ट्रिय सुरक्षाका लागि खतरा मानिने विदेशी च्यानलहरूको प्रसारणमा प्रतिबन्ध लगाउन र तिनीहरूको कार्यालय बन्द गर्न अधिकार दिएको छ ।

सोही कानून पारित भएको केही समयपछि नेतान्याहुले आफूलाई ‘अरब संसारको पहिलो स्वतन्त्र च्यानल’ बताउने अल जजिरालाई छनोट गरे । गाजामा हमाससँग इजराइलको युद्धभन्दा पहिलादेखि नै नेतान्याहु सरकारको अल जजिरासँग विवाद जारी छ ।

‘आपराधिक’ निर्णयको अल जजिराद्वारा निन्दा

यसैबीच कतारमा आधारित सञ्जाल अल जजिराले आइतबार गाजा युद्धको कभरेजमा प्रसारणकर्तालाई सञ्चालन गर्नबाट प्रतिबन्ध लगाउने इजरायली सरकारको कदमलाई ‘आपराधिक’ भन्दै निन्दा गरेको छ ।

“हामी सूचनासम्म पुग्ने मानवअधिकारको उल्लङ्घन गर्ने इजराइलको यो आपराधिक कृत्यको निन्दा गर्दछौँ”, अल जजिराले सामाजिक सञ्जाल एक्समा अरबी भाषामा भनेको छ ।

अल जजिरा लामो समयदेखि चलिरहेको झगडाको पछिल्लो चरणमा नेतान्याहु र उनको सरकारको महिनौँदेखि आलोचनाको केन्द्रविन्दु बनेको छ । यो गाजामा हमाससँग इजराइलको युद्धभन्दा धेरै अघि सुरु भएको थियो ।

अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएपछि अल जजिराले इजराइली अभियानको प्रभावहरूको लगातार स्थलगत रिपोर्टिङ प्रसारण गरेको छ । युद्धमा गाजामा अल जजिराको कार्यालयमा बमबारी हुँदा उसका दुई संवाददाता मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

भारतभन्दा जीवन्त लोकतन्त्र अन्यत्र छैनः अमेरिका

  आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार