भेनेजुएलामा बाढीले बगाउँदा सात जनाको मृत्यु



भेनेजुएलाको पश्चिमी भागमा भारी वर्षाका कारण एक धार्मिक जमघटमा सहभागी एक समूहलाई बगाउँदा कम्तीमा सात जनाको मृत्यु भएको भेनेजुएलाका गभर्नरले बताएका छन् ।

प्रोटेस्टेन्ट धार्मिक समूह मेथोडिस्ट चर्चका करिब ४० जना सदस्य शुक्रबार ताचिरा राज्यमा भेला भएका बेला भारी वर्षाका कारण अचानक बाढी आएको गभर्नर फ्रेडी बर्नालले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

वर्षा कम भएपछि नदीमा नुहाउने क्रममा केही उपासकहरूलाई एक्कासि पानीको सतह बढेर आउँदा बगाएको बर्नालले बताए ।

उनले भने, ’अहिलेसम्म सात वटा शव निकालिएको छ, जसमध्ये चार जनाको पहिचान हुन सकेको छैन, हामीले पहिचान हुन नसकेका शवका अफन्तको खोजी जारी राखेका छौं ।’

कोलम्बियाको सिमानामा पर्ने पर्यटकहरूको लागि लोकप्रिय एन्डीजको एक क्षेत्रमा बाढी आएको हो । यस वर्ष भेनेजुएलामा औसतभन्दा बढी वर्षा भएको छ, जसका कारण धेरै क्षेत्रमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।

सरकारका प्रवक्ताले भारी वर्षालाई ‘ला नीना’ मौसमी घटनासँग जोडेका छन्, जुन प्रशान्त महासागरको भूमध्यरेखीय सतहको पानीमा तापक्रमको विसंगतिको कारण हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माका सयौँ सरकारी कर्मचारी जातीय सशस्त्र समूहको कब्जामा

  म्यान्माको एक जातीय सशस्त्र समूहले उसले एक सैन्य कमान्डलाई कब्जा गरेको र

युक्रेन युद्ध रोक्न र निष्पक्ष व्यापारमा सहमत हुन सीलाई म्याक्रोनको दबाब

  फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान

इजरायलद्वारा पूर्वी रफाह तत्काल खाली गर्न सूचना जारी

  देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका बासिन्दाहरूलाई तत्काल खाली

युक्रेन नजिकै सेनालाई आणविक अभ्यास गर्न पुटिनको आदेश

  रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३०