म्यान्माका सयौँ सरकारी कर्मचारी जातीय सशस्त्र समूहको कब्जामा



 

म्यान्माको एक जातीय सशस्त्र समूहले उसले एक सैन्य कमान्डलाई कब्जा गरेको र पश्चिमी रखाइन राज्यमा सयौँ जुन्ता कर्मचारीलाइ बन्दी बनाएको बताएको छ । सेनाका लागि यो पछिल्लो झट्का हो ।

नोभेम्बरमा अराकान सेना (एए) ले सुरक्षा बलमाथि आक्रमण गरेपछि रखाइनमा झडपहरू हुँदा जुन्ताले सन् २०२१ मा सत्ता हातमा लिएपछि धेरै हदसम्म कायम रहेको युद्धविराम अन्त्य भएको छ ।

रखाइन राज्यको राजधानी सिट्वे अहिले पनि सेनाको कब्जामा छ तर एए लडाकूहरूले भारत र बङ्गलादेशको सीमामा रहेका आधारहरूसहित वरपरका जिल्लाहरूमा कब्जा गरेका छन् ।

एएको मिडिया च्यानलले जारी गरेको भिडियोमा समूहले सिट्वेदेखि करिब ९० किलोमिटर उत्तरमा रहेको बुथिदाउङ सहर नजिकै ‘मिलिट्री अपरेसन्स कमान्ड (एमओसी) १५’ कब्जा गरेको जनाएको छ । भिडियोमा उसका लडाकूहरूले कहिले उक्त साइट कब्जा गरेका थिए भनेर बताइएको छैन तर स्थानीय सञ्चारमाध्यमले हालका दिनहरूमा बुथिदाउङ वरपर नियमित झडपहरू भएको बताएका छन् ।

बर्मेली, चिनियाँ र अङ्ग्रेजी भाषामा प्रकाशित सन्देशमा भनिएको छ, “एक निश्चित अवधिको घेराबन्दीपछि एमओसी १५ का डेपुटी कमान्डरको भिडियो रेकर्ड ।” रेकर्डमा भनिएको छ, “अन्तिम आक्रमणपछि जुन्ता सैनिकहरूले पूर्ण हारको सामना गरे र आत्मसमर्पण गरे ।”

तस्बिरहरूले खेतमा हिँडिरहेका केही सैन्य वर्दी लगाएका पुरुषहरूको लामो लाइन देखाएको छ । केही सर्ट, टि–सर्ट र चप्पलमा थिए भने कसैले जुत्ता लगाएका थिएनन् । केही तस्बिरमा पुरुषसँगै महिला तथा बालबालिकालाई पनि देखाइएको छ ।

घुँडामा पट्टी बाँधिएका एक व्यक्ति लडखडाउँदै हिँडिरहेका थिए र केहीलाई अस्थायी स्ट्रेचरमा बोकेर हिँडिरहेका थिए । भिडियोमा करिब दुई सय जनालाई एउटा ठाउँमा लाइनै बसेको र वर्दी लगाएका बन्दुकधारीहरूले उनीहरूलाई हेरिरहेको देखाइएको छ ।

एए म्यान्माको सीमावर्ती क्षेत्रहरूमा धेरै सशस्त्र जातीय अल्पसङ्ख्यक समूहमध्येको एक हो । यीमध्ये धेरैले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि सेनासँग स्वायत्तता र आकर्षक स्रोतहरूमा नियन्त्रणलाई लिएर सेनासँग लडिरहेका छन् ।

एएले राज्यको जातीय रखाइन जनङ्ख्याका लागि थप स्वायत्तताका लागि लडिरहेको दाबी गर्दछ । सन् २०१९ मा एए र सेनाबीचको झडपहरूले यस क्षेत्रलाई तहसनहस बनायो र करिब दुई लाख मानिस विस्थापित भए ।

सन् २०१७ मा सेनाले त्यहाँ रोहिङ्ग्या अल्पसङ्ख्यकहरूमाथि कारवाही गरेपछि यो अहिले संयुक्त राष्ट्र नरसंहार अदालतको मुद्दाको विषय बनेको छ । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले गत महिना नोभेम्बरको प्रकोपपछि रखाइन राज्यका १७ टाउनसिपमध्ये १५ मा लडाइँ फैलिएको बताएका थिए । लडाइँमा सयौँ मानिस मारिएका वा घाइते भएको र तीन लाखभन्दा बढी विस्थापित भएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको

इजरायलले शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु

मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई

ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको