इजरायलद्वारा पूर्वी रफाह तत्काल खाली गर्न सूचना जारी



 

देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका बासिन्दाहरूलाई तत्काल खाली गर्न सूचना जारी गरेको सिएनएनले जनाएको छ ।

आइडिएफ प्रवक्ता एकाइको अरब मिडिया डिभिजनका प्रमुख अविचाय अद्राईले बासिन्दाहरूलाई उनीहरूको सुरक्षाका लागि  तोकिएको मानवीय क्षेत्रहरूमा ‘तुरुन्त खाली’ गर्न आग्रह गरे । सूचनाले विशेषगरी अल–शौका नगरपालिका र रफाह क्षेत्रका अल–सलाम, अल–जिनेना, टिबा जारा र अल–बायुकका छिमेकमा बस्ने व्यक्तिहरूलाई लक्षित गर्दछ ।

गाजामा चलिरहेको बमबारीका बीच यो घोषणा आएको हो । अक्टोबर ७ देखि गाजा क्षेत्रममा उल्लेखनीय विनाश भएको छ । पहिला नै धेरै पटक विस्थापित भइसकेका रफाहका धेरै बासिन्दाहरूले द्वन्द्वका बीचमा थप विस्थापनको सम्भावनाको सामना गरिरहेको  सिएनएनले रिपोर्ट गरेको छ ।

मानवीय एजेन्सीहरूले राफाहको पूर्णस्तरको भूमि आक्रमणविरूद्ध चेतावनी दिएका छन् । उनीहरूले सहर र वरपरका १२ लाख विस्थापित प्यालेस्टिनीको पीडा र हताहतको पनि चेतावनी दिएका छन् । पहिलेदेखि नै गम्भीर अनिकालको सामना गरिरहेको उत्तरी गाजा महिनौँको द्वन्द्वले विचलित भएको विश्व खाद्य कार्यक्रमले स्पष्ट पारेको छ ।

आइडीएफका अन्तर्राष्ट्रिय प्रवक्ता कोलोनेल नदाव सोसानीले निकासीलाई व्यापक निकासीको सट्टा अस्थायी स्थानान्तरणको उद्देश्यले ‘सीमित स्कोप अपरेसन’ का रूपमा अघि बढेको बताए ।

इजराइली रक्षामन्त्री योव गालान्टले गाजाभित्रका सैनिकहरूलाई दिएको टिप्पणीले रफाह र अन्य क्षेत्रमा तीव्र सैन्य कारबाहीको तयारी भएको सङ्केत गर्दछ ।

हमासको सैन्य शाखाले दावी गरेको रकेट आक्रमणपछि मानवीय सहायताका लागि महत्त्वपूर्ण शालोम सीमा क्रसिङ बन्द भएपछि आइडीएफका सैनिकहरू हताहत भएका छन् ।

पूर्वी रफाह खाली गर्ने निर्णयले विस्थापित नागरिकहरूको सुरक्षा र गाजाभित्र सुरक्षित आश्रयको अभावबारे चिन्ता उत्पन्न गरेको छ ।

सिएनएनका अनुसार निकासी आदेशको अन्तर्राष्ट्रिय निकाय र मानवीय संस्थाहरूबाट आलोचना भएको छ । यसमा जारी द्वन्द्वका बीच सुरक्षित आश्रयको अभावलाई जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको

गाजामा भएको इजरायली आक्रमणमा २८ जनाको मृत्यु

उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जना व्यक्तिको मृत्यु

नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको