शेयर बजारमा चार अर्ब ७६ करोडको कारोबार


काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ८२ अङ्कले घटेर दुई हजार ५९८ दशमलव ८९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ०२ अङ्कले घटेर ४६४ दशमलव ६३ मा पुगेको छ ।
त्यसैगरी, फ्लोट सूचक शून्य दशमलव ४३ अङ्कले घटेर १७९ दशमलव ०२ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६५ अङ्कले घटेर १५६ दशमलव ७८ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर चार अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ मूल्यमा खरिद बिक्री भएका छन् । तेह्र उपसमूहमध्ये तीन उपसमूह बढ्यो भने १० उपसमूह घट्यो । आज १०९ कम्पनीको सेयर बढ्यो भने १५७ कम्पनीको सेयर घट्यो । त्यसैगरी १३ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेकाअनुसार सिन्धु विकास बैंक, सयपत्री हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरलगायत लगानीकर्ताले कमाएका छन् । त्यसैगरी सानिमा ग्रोथ फण्ड, चिर्खवा हाइड्रोपावर, सोपन फर्मासिट्रिकल्सलगायतका लगानीकर्ताले गुमाएका छन् ।