जर्मनीले ग्यासको अभावमा कठिन निर्णयहरू सामना गर्दै



इन्धनको रुसी आपूर्ति घट्दै गएपछि जर्मनीले ग्यासअभावको स्थितिमा ‘कठिन समाजिक अवस्था’ को सामना गर्ने भएको छ । आर्थिक मन्त्री रबर्ट हाबेकले डर स्पिगल पत्रिकासँग भने, ‘पर्याप्त ग्याँस नहुँदा ग्याँसको आवश्यकता पर्ने कुनै–कुनै उद्योगहरू बन्द गर्नुपर्ने भएको छ ।’

बिहीबार हाबेकले रूसबाट ग्यासको आपूर्ति कम भएपछि जर्मनीको आकस्मिक ग्याँस योजना अन्तर्गत सतर्कता स्तर बढाएका थिए । गत हप्ता रूसी ऊर्जा कम्पनी ग्याजप्रोमले पाइपलाइन मर्मतमा ढिलो भएको प्राविधिक कारण देखाउँदै नोर्ड स्ट्रीम पाइपलाइनमार्फत् जर्मनी आपूर्ति गरिने ग्यासको ६० प्रतिशतले कटौति गरेको थियो ।

यद्यपि जर्मनीले ग्यास कम्पनीको प्राविधिक समस्या आपुर्ति कटौति गर्नुको कारण नभएको बताएको छ । मस्कोको आक्रमणपछि यूक्रेनका लागि पश्चिमको समर्थनको प्रतिकारका कारण यो निर्णयको पछाडि ‘राजनीतिक’ उद्देश्य देखिएको जर्मनीको दावी छ । आपूर्तिमा कटौतीले जर्मनीलाई पहिले कहिल्यै नभएको स्थितिमा पुर्याएको हाबेकले बताए ।

जर्मनी उद्योग र नागरिक दुवै आफ्नो आवश्यकता पूरा गर्न ऊर्जा आयातमा निर्भर छन् । पर्याप्त ग्याँस नभए जर्मनीले ‘कठिन समाजिक निर्णय’ गर्नुपर्ने हाबेकले बताए । “निर्णय राम्रो त छैन नै कम गलत निर्णयहरू पनि गरिएका छैनन् ।”

यसबाट केही क्षेत्रहरूको परिणाम ‘भयानक’ हुनसक्ने र यसले ‘लामो समयसम्म’ प्रभाव पार्नसक्ने उनले बताए । जर्मनीले डिसेम्बरसम्ममा आफ्नो ग्याँस भण्डारण केन्द्रहरूलाई ९० प्रतिशत भर्ने गरी निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीका कारण ब्राजिलका दुई सय सहर प्रभावित

बीबीसी । आँधीपछि आएको बाढीमा परी ब्राजिलमा ५५ जनाको मृत्यु भएको छ भने

चक्रवातको खतरा टरेको तान्जानिया सरकारको भनाई

  तान्जानियाले शनिबार आएको चक्रवातले आफ्नो शक्ति गुमाएको र अब देशका लागि खतरा

सुन तस्करीको रिपोर्टपछि भारतका शीर्ष अफगान कूटनीतिज्ञद्वारा राजीनामा

  भारतमा अफगानिस्तानका शीर्ष कूटनीतिज्ञले कथितरूपमा मुलुकमा करिब २० लाख डलर मूल्यको सुन

इजरायल सरकारले आफ्नो देशमा अल जजिरा टिभी बन्द गर्ने

  इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले उनको सरकारले कतार आधारित समाचार च्यानल अल जजिरालाई