बाढीका कारण ब्राजिलका दुई सय सहर प्रभावित



बीबीसी । आँधीपछि आएको बाढीमा परी ब्राजिलमा ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता छन् । त्यहाँको प्रशासनले दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाएको छ ।

ब्राजिलमा शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । निरन्तर वर्षाको सम्भावनाबीच अझै करिब ५ लाख मानिसहरू स्वच्छ पानी र बिजुलीको सुविधाविहीन बनेका छन् ।

बाढीका कारण त्यहाँका दुई सयभन्दा बढी सहरहरु प्रभावित भएका छन् । हावाहुरीका कारण धेरै सडकमा पनि क्षति पुगेको छ । बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको छ । अन्य बाँधहरुमा पनि क्षतिको सम्भावना रहेको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको

गाजामा भएको इजरायली आक्रमणमा २८ जनाको मृत्यु

उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जना व्यक्तिको मृत्यु

नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको