विश्वमा ६ करोड ८६ लाख भन्दाबढी मानिस कोरोना संक्रमणमुक्त



विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ६० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा चार लाख ५६ हजार सात सय १० जना संक्रमित थपिएका छन् भने ५ लाख बढी संक्रमणमुक्त भएका छन् । हालसम्म विश्वमा ९ करोड ६० लाख ५ हजार ७६३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ६ करोड ८६ लाख २७ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा आठ हजार आठ सय ९७ संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या २० लाख ४९ हजार २३८ पुगेको छ । हाल विश्वमा २ करोड ५३ लाख २८ हजार ७४७ जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख ११ हजार ८४७ जनाको अवस्था गम्भिर रहेको छ ।

कोरोनाबाट सबैभन्दा बढी संक्रमित अमेरिकामा २ करोड ४६ लाख २६ हजार ३७६ जना रहेका छन् भन.४ लाख ८ हजार ६२० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १ करोड ४५ लाख ५१ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

यसैगरी, छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १ करोड ५ लाख ८२ हजार ६४७ पुगेको छ भने १ लाख ५२ हजार ५९३ जना संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा पूर्वी रफाह तत्काल खाली गर्न सूचना जारी

  देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका बासिन्दाहरूलाई तत्काल खाली

युक्रेन नजिकै सेनालाई आणविक अभ्यास गर्न पुटिनको आदेश

  रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३०

पाकिस्तान र इरानबाट निर्वासित अफगान आप्रवासीमाथिको दुर्व्यवहारको आलोचना

  पाकिस्तान र इरानमा अधिकारीहरूद्वारा अफगान आप्रवासीमाथि भएको दुर्व्यवहारको आलोचना गर्दै ती मुलुकबाट

जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान

जोर्डन सशस्त्र सेना–अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य