जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान



जोर्डन सशस्त्र सेना–अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य सहायताका पाँचवटा एयर ड्रप गरेको बताएको छ ।

हवाई ड्रपमा गाजा पट्टीका मानिसलाई सहयोग गर्न राहत र मानवीय सहायता समावेश भएको राज्य सञ्चालित पेट्रा समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

अपरेशनमा रोयल जोर्डन एयर फोर्स, इजिप्ट, संयुक्त राज्य अमेरिका र जर्मनीका विमानहरू सामेल थिए । सशस्त्र बलले हवाई पुलमार्फत मानवीय र चिकित्सा सहायता पठाउन जारी राख्ने भनेको छ ।

जोर्डन सशस्त्र बलले हालको प्यालेस्टिन–इजरायली द्वन्द्व सुरु भएदेखि ९२ एयरड्रप सञ्चालन गर्नुका साथै अन्य देशसँगको सहकार्यमा दुई सय ३१ एयरड्रप सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्युनिसियाबाट इटालीतर्फ गएका २३ आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी इटाली जाने क्रममा बेपत्ता भएका

पाकिस्तानमा भएको सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

पाकिस्तानमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको

गाजामा भएको इजरायली आक्रमणमा २८ जनाको मृत्यु

उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जना व्यक्तिको मृत्यु

नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको