युवा

दोषी मेडिकल कलेजहरुलाई दण्डित गरेपछि मात्र शुल्क र सिट निर्धारण गर्न डा. केसीको माग

काठमाडौं । चिकित्सा क्षेत्र सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमडीजीपीको पढाइ तथा शीघ्र एमबीबीएस लगायतका कार्यक्रमको पठनपाठन सुरु गर्न माग गरेका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले आफूसँग भएको सम्झौताबमोजिम सातै प्रदेशमा सरकारी