इन्टरनेट सेवाप्रदायक र केवल अपरेटरहरुलाई सहरी सौन्दर्य बिगार्ने तार दशैँअगावै व्यवस्थित गर्न प्राधिकरणको निर्देशन



काठमाडौं । सहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाका तारले सौन्दर्य बिगारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै त्यस्ता अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने चेतावनी दिएको छ ।

गम्भीर दुर्घटनासमेत भएको तर तार राख्ने निकायले त्यसप्रति कुनै जिम्मेवारी नै नलिएको भन्दै प्राधिकरणले त्यस्ता तार तत्काल व्यवस्थित गर्न अन्यथा, त्यस्ता तार हटाइदिने बताएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले अव्यवस्थित तारका कारण शहरी क्षेत्रमा दुर्घटना बढेको र आगलागीका घटनामा समेत वृद्धि भएकाले नियन्त्रणका लागि पहिलो चरणमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराई दशैँअगावै तार व्यवस्थित गर्न आग्रह गरिएको बताए ।

उनले पटकपटक इन्टरनेट सेवाप्रदायक, केवल टेलिभिजन अपरेटर, सङ्घसंस्थालाई आग्रह गर्दा पनि सुनुवाई नभएकाले कानूनी कारवाहीसहित तार व्यवस्थित गर्न आग्रह गरिएको जानकारी दिए । इन्टरनेट तथा केवल सेवाप्रदायकले अनधिकृतरूपमा शहरी क्षेत्रमा तार टाँगेर सौन्दर्य बिगारेका छन् ।

इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाले टेलिफोन तथा बिजुलीको खम्बामा अव्यवस्थितरूपले शहरको सुन्दरतामा नै असर पारेका छन् । काठमाडौँ उपत्यकाका चोकचोकमा तारका कारण समस्या परेको छ । आगलागी हुँदा वरपरका घर तथा आवासमा समेत त्यसले प्रभाव पार्ने गरेको छ ।

केवल अपरेटर तथा इन्टरनेट सेवाप्रदायकले टेलिकम तथा नेपाल विद्युत् प्राधिकरणको खम्बामा टाँगेका तार अलपत्र अवस्थामा छन् । कहीँ पैदल यात्रुलाई समेत पैदल यात्रा गर्न समस्या उत्पन्न भएको छ । लत्रिएका तार व्यवस्थित गर्न प्राधिकरणले यसअघि पनि सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

  काठमाडौँ ।  प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संकटापन्न खरमयुर गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज