दशैं बिदामा पनि देशभरका स्वास्थ्यसेवा संचालन हुने



काठमाडौं । नेपालीको महान् पर्व दशैँ, तिहारमा स्वास्थ्यसेवा विगत वर्षमा जस्तै निरन्तरता हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशँै र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा सूचारु राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ ।

मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुषालद्वारा जारी विज्ञप्तिमा स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्यसेवा सूचारु राख्न ११ बुँदे आग्रह जारी गरिएको छ ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले स्वास्थ्यसेवा सूचारु राख्न अनुरोध गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका थिए । संविधानको प्रावधानअनुसार स्थानीय तहका स्वास्थ्य संस्थाको सञ्चालन स्थानीय निकायले गर्दछन् ।

आग्रहमा अस्पताल विपद् व्यवस्थापन समितिलाई पूर्व तयारी अवस्थामा रहने व्यवस्था मिलाउने, सबैै अस्पताल, अस्पतालका फार्मेसी तथा एम्बुलेन्स २४ सैघण्टा सञ्चालनको व्यवस्था मिलाउने र राजमार्ग वरिपरिका स्वास्थ्य संस्थालाई थप तयारीमा राख्ने व्यवस्था मिलाउने रहेका छन् ।

दशैमा सेवा प्रभावित नहुनेगरी स्वास्थ्यकर्मीको बिदाको व्यवस्थापन गर्ने, हाल भइरहेको डेङगु महामारीका रोकथाम तथा उपचार सेवा प्रभावित हुन नदिन विशेष व्यवस्था गर्ने, सम्भावित महामारी तथा अन्य स्वास्थ्य जोखिम व्यवस्थापन गर्न तयारी रहने, रक्तसञ्चार अभाव हुन नदिन ध्यान दिने र सेवामा रहेका स्वास्थ्यकर्मीका सम्पर्क नम्बर आकस्मिक कक्षमा राखिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब अस्पतालहरुले चिकित्सकमाथि कुटपिट गरे हुने सजायकाबारेमा सबैले देख्नेगरी सूचना राख्नुपर्ने

काठमाडौं । अस्पतालमा स्वास्थ्यकर्मी कुट्नेमाथि हुने दण्ड सजायका बारेमा सबै नागरिकले देख्नेगरी सूचना

यसरी विकास भयो गोठबाट पर्यटकीय बस्तीमा घोडेपानी

  म्याग्दी ।  करिब चार दशक अगाडि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने ‘घोडेपानी’

अभियन्ता ईः को आन्दोलनमा समर्थन जनाउँदै फुटपाथ व्यापारी धर्नामा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यवसायीलाई धरपकड गरेको विरोधमा विगत आठ दिनदेखि निरन्तर

गठबन्धनकै सहमतिमै प्रधानमन्त्रीले चीनसँग सम्झौता र समझदारी गर्नुभएको होः कार्यवाहक प्रधानमन्त्री खड्का

कर्णाली । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ रहेको