विश्व

भारतमा कोरोना संक्रमणबाट एकै दिन विश्वभरिकै सर्वाधिक व्यक्तिको मृत्यु

भारतमा सोमबार ८०३ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । उक्त सङ्ख्या विगत २४ घण्टाको अवधिमा विश्वभरि कुनै पनि देशमा मृत्यु भएका व्यक्तिको सर्वाधिक सङ्ख्या हो । सो अवधिमा भारतमा अन्यत्रको भन्दा सर्वाधिक सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका थिए ।