इरानले कोरोना संक्रमणबाट भएको मृत्युको तथ्याङ्क लुकाएको दस्तावेज सार्वजनिक



इरानमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएका नागरिकको सङ्ख्या सरकारले दाबी गरेकोभन्दा झन्डै तीन गुणा बढी भएको बीबीसी पर्सियन भाषा सेवाले पत्ता लगाएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयले जुलाई २० सम्म १४ हजार ४०५ जनाको कोभिड १९ का कारण मृत्यु भएको बताए पनि सरकारी दस्तावेजमा त्यो सङ्ख्या झन्डै ४२ हजार भएको देखिएको छ । सङ्क्रमितको सङ्ख्या पनि मन्त्रालयले भनेको २ लाख ७८ हजार ८२७ नभई ४ लाख ५१ हजार २४ भएको देखिएको छ ।

इरान कोरोनाभाइरसको प्रकोप चर्को भएको देश हो र हालैका साताहरूमा त्यहाँ सङ्क्रमण उच्च देखिएको छ । बीबीसीलाई उपलब्ध गराइएको सरकारी स्वास्थ्य तथ्याङ्कका दस्तावेजमा त्यहाँ पहिलो मृत्यु जनवरी २२ मा भएको देखिन्छ जुन इरानले पहिलो सङ्क्रमण भएको जनाएको मितिभन्दा एक महिना अगाडि हो । इरानको आधिकारिक तथ्याङ्कमा धेरैले शङ्का गरेका थिए ।

राष्ट्रिय र प्रान्तीय तथ्याङ्कमा देखिएको फरक र केही स्थानीय स्वास्थ्य अधिकारीहरूको भनाइका आधारमा त्यहाँ सङ्क्रमणको अवस्थाबारे फरक तथ्याङ्क दिने प्रयास गर्नेहरू पनि थिए । संसारभरि नै कम परीक्षणका कारण कोभिड(१९ को कम तथ्याङ्क उपलब्ध हुने मानिए पनि इरानले उपलब्ध भएकै तथ्याङ्कहरू पनि सार्वजनिक नगरेको देखिएको छ ।

प्राप्त भएका विवरणमा इरानभरि अस्पतालमा दैनिक बिरामी भर्ना, बिरामीको नाम, उमेर, लिङ्ग, लक्षण, मिति र अस्पताल बसाइको जानकारीहरूको तथ्याङ्क छ । इरानभर मृत्यु भएका १ हजार ९ सय १२ जना विदेशी रहेका छन् । तीमध्ये धेरै अफगानिस्तानबाट आएका शरणार्थीहरू रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रफाह क्रसिङ्ग पुनः खोल्न तयार रहेको प्यालेस्टिनी राष्ट्रपतिको भनाइ

  प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङ्ग पुनःखोल्ने काम

पपुवा न्यूगिनीका पहिरो पीडितलाई सक्दो सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पपुवा न्यूगिनीमा पहिरोमा परी ज्यान गुमाउने सङ्ख्या करिब ६

इन्डिगोको एयरको विमानभित्र बम राखेको हल्ला चलेपछि…

भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा मङ्गलबार अन्तरिक विमानभित्र बम भएको धम्कीको सूचना आएपछि विमानलाई

अन्तर्राष्ट्रिय समुदायद्वारा रफाह घटनामा इजरायलको निन्दा, आक्रमण रोक्न आग्रह

बीबीसी । आइतबार रफाहमा कैयौँ प्यालेस्टिनीहरूको मृत्यु हुने गरी इजरायलले गरेको हवाई हमलाको