जाडो याममा कोरोना भाइरसको दोस्रो लहरको प्रभाव देखिएला ?



विश्वको धेरैजसो भागमा जाडो याम आउँदैछ जुन सर्दी र रूघाखोकीको लागि निकै अनुकूल यामका रूपमा देखिने गरेको छ । जसले गर्दा याम परिवर्तन हुने बेला कोरोनाभाइरस सङ्क्रमण पुनः उकालो लाग्न सक्ने चिन्ता बढाएको छ । यसलाई कोरोनाभाइरसको सम्भावित दोस्रो लहरसँग जोडेर पहिलोभन्दा ठूलो हुनसक्ने चिन्ताको रूपमा हेरिएको छ । तर त्यस्तो पुर्वानुमान गर्ने काम उत्तिकै जटिल छ । त्यसको जवाफ कोरोनाभाइरससँग मात्र जोडिएको छैन, यो अन्य जीवाणु, हाम्रो व्यवहार एवम् सरकारी नीतिको सफलता र असफलतासँग जोडिन्छ ।

के जाडोमा कोरोनाभाइरस फैलिन्छ ?

यो अनुत्तरित प्रश्न भए पनि विज्ञानले त्यसतर्फ नै सङ्केत गरेको छ । हामीले अन्य भाइरसबारे जानेका आधारमा त्यस्तो सङ्केत गरिएको हो । रूघाखोकीको लक्षण देखाउने चार प्रकारका कोरोनाभाइरसहरू छन्। ती सबैजसो जाडो महिनामा सजिलै फैलिन्छन् । इन्फ्लुएन्जा र राइनोभाइरसले पनि रूघाखोकी निम्त्याउँछ भने आरएसभीको पनि व्यवहार मिल्दोजुल्दो छ । ‘जाडोमा उच्च विन्दुमा पुग्ने अन्य भाइरसहरू झैँ यो पनि मौसमी हुनसक्छ,’ लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनकी डा. राचेल लोई भन्छिन् । तर यसलाई मौसमी अवस्था वा मानवीय व्यवहार, के कुराले चलायमान बनाउँछ भन्ने कुरा कमै बुझिएको छ । चिसो अवस्थामा शरीरबाहिर भाइरस सजिलै बाँच्न सक्छ । वेलायतको साइन्टिफिक एड्भाइजरी ग्रुप फर इमरजेन्सीजका अनुसार ४ डिग्री सेल्सियसको तापक्रम कोरोनाभाइरसको लागि प्रिय अवस्था हो । जाडोको त्यस्तो अवस्थामा सूर्यबाट पाइने भाइरसलाई निष्क्रिय पार्ने परावैजनिक किरण समेत निकै कम हुन्छ । मौसम नखुलेपछि हामी घरभित्रै जमघट गर्छौँ। बगैँचामा बसेर खाने वा खुला ठाउँमा रमाइलो गर्ने कामले हामीलाई आकर्षित गर्दैनन् । झ्यालढोका बन्द गरेर बस्दा हावा भित्र बाहिर गर्न सक्दैन । यी सबै कुराले कोरोनाभाइरस फैलाउन सक्छन् ।

के अन्य भाइरस समस्या बन्छन् ?
यतिखेर हाम्रो समाजमा हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने वा सक्दो घरबाटै काम गर्ने शैली र व्यवहारमा ठूलो रूपान्तरण नै भएको छ । जसले अब अन्य भाइरसका विषयमा पनि सजग गराएको छ । हङकङ्मा भएको लकडाउने त्यहाँको फ्लु आउने याम काट्ने देखिन्छ भने अस्ट्रेलियामा यतिखेर जाडो छ। अस्ट्रेलियामा अझै कुनै फ्लु देखिएको छैन । त्यस्तै अवस्था अब दक्षिणी गोलार्द्धका चिले र दक्षिण अफ्रिकाजस्ता देशमा देखा पर्दैछ । तर उत्तरी गोलाद्र्धतर्फ पनि त्यस्तै होला भनेर सोच्नु भने निकै घातक हुनसक्छ।

यतिखेर भएका लकडाउन, शैक्षिक संस्थाहरू बन्द र सीमित सङ्ख्यामा भइरहेका हवाई उडानहरूले तिनको प्रभाव कम देखाएका हुन सक्छन् । वेलायतको युनिभर्सिटी अफ लिभरपुलकी प्राध्यापक जुलिअन हिस्कक भन्छन्, ‘मलाई लाग्छ हामी दोस्रो लहरका लागि तयार हुनुपर्छ र सामाजिक दूरी एवम् हात धुनेजस्ता उपायलाई बिर्सनु हुँदैन।’

उनले थपे, ‘हामी तयार रहनुपर्ने एउटा परीक्षण के हो भने हामी ती तीन वा चार प्रकारका श्वासप्रश्वावका सङ्क्रमण छुट्याउन सक्नुपर्छ। किनकि तिनका सुरुवाती लक्षण एउटै हुन्छन्।’

भाइरसहरू मिसिए भने के हुन्छ ?
एउटा भाइरसको सङ्क्रमण हुँदा त्यसले अर्कोलाई रोक्न सक्छ भन्ने व्यवहार तुलनात्मक रूपमा विज्ञानको नयाँ क्षेत्र हो । कोरोनाभाइरसका हकमा त्यो के हुन्छ वा हुँदैन भन्ने जान्न बाँकी छ । तर कोरोनभाइरस अन्य भाइरससँग कसरी जोडिन्छ भन्ने निकै चासो भएको तर अस्पष्ट बिषय बनेको छ । श्वासप्रश्वाससम्बन्धी भाइरसहरूले असर पार्ने शरीरका भाग भनेका नाक, घाँटी र फोक्सो नै हुन् । अध्ययनहरूले देखाए अनुसार एउटा ठूलो राइनोभाइरस प्रकोप हुँदा केही युरोपेली देशमा २००९ को स्वाइनफ्लु महामारी ढिलो आएको ठानिएको थियो । त्यसको एउटा व्याख्या भनेको एउटा फ्लु हुँदा अर्को रोकिन्छ भन्ने हो । तर तिनै अध्ययनहरूले केही भाइरसहरु एकअर्कासँग जुध्ने अवस्थामा राम्ररी काम गर्ने र एकैसाथ सङ्क्रमण गराउन सक्ने पनि देखिएको छ । त्यसको प्रभाव एक्लो सङ्क्रमणभन्दा निकै खराब देखिएको छ ।

जेम्स ग्यालहर
बीबीसी स्वास्थ्य तथा विज्ञान संवाददाता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको

गाजाबाट १७  जना अमेरिकी चिकित्सकको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय