समाज

चार करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोगमा सडक विभागका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागका इन्जिनियर जितेन्द्रकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले चौधरीविरुद्ध ३ करोड ९९ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाएको हो । उनी डिभिजन सडक कार्यालय मोरङका प्रमुख थिए ।