समाज

कान्छालालको उपचारका लागि ४ लाख ६७ हजार रुपैयाँ संकलन

काठमाडौं । बाख्रा चराउन जाने क्रममा भीरबाट लडेर गम्भीर घाइते भई उपचाररत कान्छालाल योञ्जनको सहयोगार्थ आर्थिक सहयोग जुटेको छ। काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–३ स्थित् सोलिघोप्टेका १२ वर्षीय योञ्जनको उपचारको लागि ४ लाख रुपैयाँ बढी सहयोग रकम संकलन भएको