सुरक्षा

आठ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका आठ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सोमबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हन् ।