सुरक्षा

प्रधानसेनापति शर्मासँग स्वीट्जरल्याण्डका राजदूतको भेट

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा ड्यानियल म्युलीबीच जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।