नेपाल प्रहरीमा २१ जना इन्सपेक्टर र ४३८ असईका लागि आवेदन आह्वान


काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा भर्ना खुलाएको छ । शुक्रबार सूचना जारी गरी प्रहरीले २१ जना इन्सपेक्टर र ४३८ जना असईका लागि आवेदन आह्वान गरेको हो ।

इन्सपेक्टरका लागि आगामी पुस ६ गतेदेखि माघ ५ गतेसम्म र असईका लागि पुस ९ देखि माघ ८ सम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।