प्रवास

नेपालबाट चोरी भएका तीनवटा प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

काठमाडौं । अमेरिका सरकारले तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति शुक्रबार हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण